काठमाडौं– बाराको निजगढमा निर्माण गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्वीजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीले गर्ने भएको छ। लगानी बोर्डले जारी गरेको सूचनामा ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीमात्रै अन्तिम छनोट हुन सफल छ।
लगानी बोर्डले सार्वजनिक गरेको अन्तिम सूचीमा एजी मात्रै परेकाले विमानस्थल निर्माणको जिम्मा पनि उसैले पाउने पक्का भएको हो।
यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्ने ७ वटा कम्पनीमध्ये ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीसँग विस्तृत विवरण माग गरिएको थियो। पिपिपी मोडलमा विमानस्थल निर्माणकाल लागि चोसो देखाउँदै प्रस्ताव पेस गर्नेमध्येबाट स्विटजरल्यान्डको जुरिच कम्पनी छनोट भएको थियो।
सरकारले ८० वर्ग किलोमिटर क्षेत्रमा यो विमानस्थल निर्माण गर्ने भन्दै लगानी सम्मेलनमा यो विमानस्थलको खाका समेत पेस गरेको थियो।
लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्रा्ष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए।
लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको थियो। विमानस्थल निर्माणका लागि अतिनै आवश्यक वातावरणीय प्रभाव मूल्याकंन रिर्पोट समेत स्वीकृत भइसकेको छ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।