काठमाडौं- शेयर बजार ६ महिना यताकै उच्च बिन्दुमा पुगेको छ। बजारले बुलिस ट्रेन्ड समातेको भन्दै लगानीकर्ताले हौसिएर सेयर खरिद गर्दा कारोबार रकम एक अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।
सूचक २६ अंकले सुधार हुँदा १४ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
लगानीकर्ताहरुले पोर्टफोलियो परिवर्तन गर्ने क्रममा आज सबैभन्दा धेरै उत्पादन तथा प्रसोधन, माइक्रोफाइनान्स र बीमा कम्पनीको शेयर खरिद गरेका छन्। यसै क्रममा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिष्ट्रिलरी शिवम सिमेन्ट रहेका छन्। हिमालयन डिष्ट्रिलरीको मात्रै १४ करोड ३८ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै शिवम सिमेन्टको १३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।
हिमालयन डिस्ट्रिलरीको शेयरमा ब्रोकर आफैले खरिद बिक्री गर्दा कारोबार रकम बढेको हो। केही समय अगाडि डिष्ट्रिलरीका संस्थापकले शेयर बिक्री गरेर बाहिरिएका थिए। उक्त शेयर ब्रोकरहरुले खरिद गर्दा उनिहरुको ठुलो लिक्विडी गुमेको थियो। यसको असर दोस्रो बजारमा लामो समयसम्म देखा पर्यो।
तर पछिल्लो समय ब्रोकरहरु डिष्ट्रिलरीको शेयर बिक्री गर्दै अन्य कम्पनीमा लगानी गर्न थालेका छन्। त्यस्तै पहिलो त्रैमाशिक प्रतिवेदन पछि भारि शिवम सिमेन्टको शेयर मूल्यमा भारि गिरावट आएको थियो। तर बजार सुधार हुन थाले सँगै बिहीबार अधिकतम बढ्ने क्रममा सर्किट लागेर ५२४ रुपैयाँ पुगेको छ।
बिहीबार कारोबार सुरु भएदेखि नै सुधार हुन थालेको थियो।
सूचक सुधार हुँदा कारोबार रकम पनि सँग सँगै बढेको छ।
अन्यको सूचक बाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार देखिएको छ।
पैसा हुने लगानीकर्ता बीमा तथा माक्रोफाइनान्समा लगानी गरिरहेका छन् भने बजेर थोरै हुनेहरु फाइनान्स तथा सस्ता कम्पनी छानीछानी उठाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।