काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष रहेको ठहर गरेको छ। छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै मन्त्रिपरिषदले श्रेष्ठ निर्दोष रहेको ठहर गरेको हो।
राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मी संयोजक रहेको अध्ययन समितिले सरकारलाई २ साता अघि प्रतिवेदन बुझाएको थियो। अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि उनी निर्दोष रहेको पाइएकाले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।
छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले श्रेष्ठसँग अघिल्लो आइतबार ५ दिन समय दिँदै स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ दिँदै श्रेष्ठले आफू निर्दोष रहेको दावी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।