• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'सेयर बजारले बुल ट्रेन्ड समात्यो, तर अझै बजारमा नयाँ पैसा आएन'

64x64
नेपाल लाइभ बिहीबार, माघ २, २०७६  १३:४१
1140x725

काठमाडौं- पछिल्लो समयको सुधारसँगै सेयर बजारले 'बुलिस ट्रेन्ड' समातेको विश्लेषण गर्न थालिएको छ। बढ्दो क्रममा रहेको बजारमा धेरै अंकले सुधार हुने र थोरै अंकले घट्ने विश्लेषकहरू बताउँछन्। 

अहिलेको बजारलाई सबैभन्दा धेरै सेयर बजारको साइकलले प्रभाव पारेको हो। सेयर बजार विगत तीन वर्षदेखि 'बियरिस ट्रेन्ड'मा थियो।

बजारले ६ महिना अगाडि नै बुलियस ट्रेन्ड समात्ने आँकलन गरिए पनि सुधार हुने सकेको थिएन। गत फागुन १९ गते सेयर बजार बियरिस ट्रेन्डको सबैभन्दा तल्लो बिन्दु ११०२ सम्म झर्‍यो। त्यसपछि बजार विस्तारै सुधार हुने क्रममा १३१३ अंकसम्म पुग्यो। जतिबेला केही विश्लेषकले अब बजार बुलिस ट्रेन्डमा गयो भन्ने विश्लेषण गरेका थिए। 

बजार तल्लो बिन्दुमा झरेर सिधै उकालो लाग्ने भन्दा पनि 'एक्युमुलेसन फेज'ले गर्दा बजार पुनः ११०९ अंकसम्म झरेको बजार विश्लेषक प्रकाश तिवारीले बताए। तर बजार यस ट्रेन्डको सबैभन्दा तल्लो बिन्दुलाई नछोइ सुधार भएकोले अब बजार ११ सयको भन्दा तल्लो बिन्दुमा नझर्ने र क्रमश बजार सुधार हुँदै जाने तिवारीको विश्लेषण छ। उनले थपे, 'बजार यो भन्दा तल झर्दैन भन्ने प्रमाणित भयो।'

किन सुधार भयो सेयर बजार?
सेयर बजार जहिले पनि साइकलमा चलिरहेको हुन्छ। नेपालको सेयर बजारमा पनि ५/६ वर्षको अन्तरमा ट्रेन्ड परिवर्तन हुने गरेको छ। यस अगाडि तीन वर्षसम्म सेयर बजार घट्दो क्रममा थियो। तीन वर्षको अवधिमा सेयर बजार लगभग साढे ७ सय भन्दा धेरै अंकले गिरावट आएको थियो। 

बजार धेरै नै तल्लो बिन्दुमा आउदा लगानीकर्ताको मनोविज्ञान तल झरेको छ। यसका पछाडि बैंकिङ तरलताको अभाव, उच्च ब्याजदर, ओभर सप्लाई र राजनीतिक कारण थिए। अहिलेको अवस्थामा बैंकको ब्याजदर घट्दो क्रममा छ।

एक वर्ष अगाडि सेयरमा लगानी गर्नु भन्दा बैंकको मुद्दति निक्षेपमा पैसा राख्दा धेरै फाइदा हुने स्थिति थियो। अहिले बैंकहरूले अधिकतम ९.५ प्रतिशतभन्दा माथि ब्याजदरमा निक्षेप राख्न पाउँदैनन्। 

बैंकहरूले एकै पटक ठुला आयोजनामा लगानी गर्दा बजारमा बैंकिङ तरलताको अभाव देखिएको थियो। दिर्घकालिन क्षेत्रमा एकै पटक कर्जा जादा बैंकहरू सँग लगानी गर्न थप पैसाको अभाव हुँदा निक्षेपको ब्याजदर बढ्नुका साथै सेयर कर्जाको लागि लगानी हुने अवस्था आएन। 

Ncell 2
Ncell 2
nimb
nimb

बजार घट्नुको अर्को प्रमुख कारण बैंक वित्तीय संस्था र बीमा कम्पनीको चार गुणा भन्दा बढिको पुँजी बृद्धिले दोस्रो बजारमा सप्लाइ बढायो। सप्लाइ बढ्दा बजार सुधार हुनु भन्दा धेरै घट्ने अवस्था सिर्जना भयो। 

बजारको बियरिस ट्रेन्ड त्यतिवेला सुरू भयो जतिवेला संविधान सभाको चुनावको लागि बाम गठबन्धन बन्यो। कम्युनिष्ट सरकार आउदै गर्दा लगानीको ढोका बन्द हुने र यसले बजारलाई असर पार्ने आकलन गरियो। यसको असर विगत दुई वर्षसम्म देखा पर्यो। सेयर बजारले यस सरकारलाई रूचाएन। 

तर पछिल्लो समय अर्थमन्त्री सेयर बजारको गिरावटका सबैभन्दा धेरै दोषी ठहरिए। यसले गर्दा उनले पछिल्लो समय सुधारिएका भाषण गरिरहेका छन्। लगानीको लागि सबैलाई आह्वान गरिरहेका छन्। 

एक महिना अगाडि दोस्रो बजार सुधारका लागि उनी मन्त्रीबाट हेट्ने भन्दै हल्ला चलाइयो। जसले बजारमा एका एक सुधार ल्यायो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसै अवधिमा उनले बजार प्रति थप सुधारका अभिव्यक्ती दिए। बजार सुधार सँगै स्थायित्वका लागि लगानीकर्ताहरूलाई आह्वान गरे। एक बजार विश्लेषकले भने उनको यस्ता अभिव्यक्तिले अव उनी अर्थमन्त्री रहे पनि नरहे पनि बजार सुधारका लागि असर गर्दैन।

सूचीकृत कम्पनीमध्ये १५० वटा भन्दा धेरैले साधारणसभा सम्पन्न गरिसेका छन्।  यस वर्ष अधिकांश कम्पनीले बोनस सेयरलाई भन्दा नगद लाभांशलाई प्राथमिकता दिदै आएका छन्। कम्पनीहरूले प्रदान गरेको नगद लाभांशले पनि दोस्रो बजारमा कारोबार रकम बढिरहेको विश्लेषक तिवारीले बताए। 

विगतमा केही राम्रो पोर्टफोलियो भएका लगानीकर्ताहरूसँग अहिले राम्रो पैसा छ। जसले गर्दा उनीहरूले सेयरमा लगानी गर्न सक्छन्। बजार सुधारसँगै बढेका कम्पनीको सेयर बिक्री गर्ने र त्यही पैसाले अर्को कम्पनी खरिद गर्ने ट्रेन्डले पनि दोस्रो बजारमा कारोबार रकम बढिरहेको छ। 

लगानीकर्ताहरूले पोर्टफेलियो परिवर्तन गर्दा ८० प्रतिशत कारोबार बजार भित्रैबाट चल्ने एक ब्रोकरले जानकारी दिए। अहिले भएको कारोबारको २० प्रतिशत मात्रै नयाँ पैसा भएको उनले बताए। लघुवित्तको सेयर बढेपछि आज बेच्ने उक्त पैसा आउछ भन्ने भएपछि तुरून्तै अर्को कम्पनीमा लगानी गर्ने प्रवृत्ति हावी भएको छ।

भविष्यमा के होला?
सेयर बजार लगातार सुधार भैरहेने तथा लगातार घटिरहनुलाई राम्रो मानिदैन। पछिल्लो दुई महिनाको अवधिमा सेयर बजार झण्डै दुई सय अंकले सुधार भैसकेको छ। यसरी बजार लगातार सुधार भैरहेदा लगानीकर्ताहरू सचेत हुनु पर्ने अर्का बजार विश्लेषक ज्योति दाहाल बताउँछन्। 

यस सुधारको पनि केही दिन पछि करेक्सन हुन थाल्ने विश्लेषकहरू बताउछन्। बजार सुधारका लागि आवश्यक पर्ने पैसाको भने अझै अभाव छ। अहिले भैरहेको कारोबारको ८० प्रतिशत रकम पोर्टफेलियो परिवर्तन गर्दाको परिणाम हो। 

विगत एक वर्षको अवधिको बजारलाई हेर्दा बजार दुई वटा ठूला 'अप डाउन' पार गरिसकेको छ। पहिला ११०२ बाट बढेर अधिकतम १३१९ अंकसम्म पुग्यो। त्यसपछि करेक्सन भएर १११० अंकको लाइनमा आयो। यसैलाई आधार बनाएर पुनः बजार सुधारको क्रममा छ। विश्लेकका अनुसार यो उकालो लाग्ने क्रम अब कम्तिमा पनि १३२० को लाइन भन्दा माथि जानेछ। जसले गर्दा पछिल्लो समय लगानीकर्ताहरू भइरहेकै सेयरलाई घुमाएर खरिद बिक्री भइरहेको छ। 

तर बजार पुनः करेक्सनको फेसमा अगाडि बढ्नेछ। यसले गर्दा केही समय 'पेनिक फल' हुन सक्ने विश्लेषकहरू बताउँछन्। यसको प्रमुख कारण बजारलाई घट्न रोक्ने प्रयाप्त पैसा आउन सकेको छैन।

यदि बैंकहरूको कर्जा विस्तार रोकिएर उनीहरूको ध्यान सेयर कर्जामा केन्द्रित भयो भने बजार बढाउन थप मद्दत गर्नेछ। अन्यथा बजारमा केही समय पछि करेक्सन सुरू हुनेछ। यो करेक्सन पहिलाको ११२० अंकको लाइन भन्दा तल आउने छैन। 

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्