• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आर्थिक वर्षको ६ महिनामा पहिलोपटक पुग्यो राजस्वको लक्ष्य

पुसमा गैरकर राजस्वले जोगायो, राष्ट्र बैंकबाट साढे ५ अर्ब प्राप्त
64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  २२:३६
1140x725

काठमाडौं- चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको राजस्व संकलनको मासिक लक्ष्य पहिलोपटक पूरा भएको छ। आर्थिक वर्षको छैटौँ महिनामा सरकारले निर्धारण गरेको १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्वको लक्ष्य पूरा गरेको छ। 

आन्तरिक राजस्व विभाग, भन्सार विभाग र महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस २९ गते मंगलबार राति १० बजेसम्मको तथ्यांकअनुसार कर र गैरकर राजस्व संकलनले निर्धारित लक्ष्य भेट्टाएको छ। कर राजस्वतर्फ आन्तरिक राजस्व विभाग र भन्सार विभागको संकलन लक्ष्यभन्दा १२ अर्ब कम भए पनि गैरकर राजस्वले त्यसलाई 'मेक अप' गरेको स्रोतले जानकारी दिएको छ। 

पुसको मासिक लक्ष्य भेटाइए पनि अर्धवार्षिक लक्ष्य भने भेटिएको छैन। सरकारले पुस मसान्तमा ५ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि सोमबार राति १० बजेसम्ममा करिब ४ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। सरकारको अर्धवार्षिक लक्ष्य र संकलनबीचको अन्तर अझै ८० अर्ब रुपैयाँभन्दा धेरै छ। सरकारले यो वर्ष ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। 

आन्तरिक राजस्वतर्फ ८१ अर्ब रुपैयाँ मासिक लक्ष्य निर्धारण गरिएकोमा ७५ अर्ब रुपैयाँ संकलन भएको छ। 'गत वर्षको पुससम्मको तुलनामा हामी २५ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएका छौँ,' आन्तरिक राजस्व विभाग स्रोतले भन्यो, 'मासिकरुपमा गत पुसको तुलनामा ३० प्रतिशतको वृद्धि भए पनि समग्रमा २५ प्रतिशतले बढेको छ।' 

आन्तरिक राजस्वतर्फ ठूला करदाता कार्यालय र मध्यमस्तरीय कार्यालय दुवैको संकलन लक्ष्यभन्दा कम रह्यो। ठूला करदाता कार्यालयको संकलन करिब ९२ प्रतिशत रहेको छ। ठूला करदाता कार्यालयअन्तर्गत रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले प्रक्षेपितभन्दा थोरै राजस्व बुझाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबाट मूल्य अभिवृद्धि कर एवं आयकर दुवै अपेक्षित संकलन भएन्। पुसमा नेपाल टेलिकमले ३ अर्ब २२ करोड र एनसेलले ३ अर्ब ६६ करोड रुपैयाँ राजस्व बुझाएका छन्। 'बैंकहरुबाट राम्रो राजस्व आएको छ, टेलिकम क्षेत्रमा कम देखिएको छ,' स्रोतले भन्यो। 

भन्सारतर्फ पुसमा ३६ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिकोमा ३० अर्ब रुपैयाँ संकलन भएको छ। पुस मसान्त अर्थात बुधबारमात्रै १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको विभागसम्बद्ध स्रोतले जानकारी दिएको छ। भन्सारतर्फ मुख्य योगदान गर्ने वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य नभेट्टाउँदा समग्र लक्ष्य प्रभावित बनेको छ।

गैरकरतर्फ सरकारले पुसमा नेपाल राष्ट्र बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ लिएको छ। यसैगरी, नेपाल आयल निगमबाट लाभांशस्वरुप २ अर्ब २० करोड रुपैयाँ प्राप्त गरेको छ भने नेपाल विद्युत प्राधिकरणले २ अर्ब रुपैयाँ ब्याज बुझाएको छ। राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८ करोड रुपैयाँ लाभांश बुझाएको छ। नेपाल बैंकले ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीले ६६ करोड रुपैयाँ लाभांश सरकारलाई बुझाएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले पुसमा नेपाल टेलिकमबाट लाभांश लिएको थिएन। टेलिकमबाट सरकारले सवा ६ अर्ब रुपैयाँ मंगलबार नै साधारणसभाबाट पारित भए पनि सरकारी ढुकुटीमा त्यो जम्मा भैसकेको छैन। अघिल्ला वर्षहरुमा राजस्वको लक्ष्य पुर्यासउन नेपाल दूरसञ्चार प्राधिकरणबाट समेत पैसा तान्ने गरेकोमा यसपटक त्यस्तो नगरिएको अर्थ स्रोतले दावी गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्