काठमाडौं- सर्वोच्च अदातलले गोकर्ण फरेष्ट रिर्सोटको लिज अवधि समाप्त नहुँदै लिज बढाउने निर्णय गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गोकर्ण फरेस्ट रिर्सोटको बारेमा दायर भएको रिटमा पहिलो सुनवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै सर्वाेच्चले यस्तो आदेश जारी गरेको हो।
लुइँटेलले रिर्सोटको लिज अवधि ६ वर्ष बाँकी हुँदै पुनः २५ वर्षका लागि बढाउनु गैरकानुनी भएको जिकीर गर्दै पुस २५ गते रिट दायर गरेका थिए।
उक्त रिटमा सुनुावई गर्दै रेग्मीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न उपस्थित हुन नेपाल ट्रष्ट र प्रधानमन्त्री कार्यालयलाई पनि बोलाएको छ।
यो पनिः
गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्याहेर्यै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।