काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रामा ब्रेक लागेको छ।
यो साता कारोबारको पहिलो २ दिन उच्च अंकले बढेको परिसूचक मंगलबार भने ७ दशमलव ४८ अंकले घटेको हो।
मंगलबारको कारोबारपछि परिसूचक १ हजार २ सय ६३ दशमलव ३८ अंकमा कायम भएको छ।
सोमबार नेप्सेमा १ सय ८२ वटा कम्पनीको ३७ लाख ६६ हजार ९ सय कित्ता सेयर ११ हजार ३ सय १० पटक खरिदबिक्री हुँदा १ अर्ब २ करोड ६४ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। व्यापार, होटेल, विकास बैंक, वित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समुहको उपसूचक घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको ११ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।