काठमाडौं- नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको छ।
सोमबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० सय रुपैयाँ तोकिएको छ।
सोमबार नेपाली बजारमा चाँदी ९ सय ९० रुपैयाँमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।