काठमाडौं- झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिका-१६ स्थित हाइ वे लिंक प्रालिका सञ्चालक तथा रोज इन्टरप्राइजेजका प्रबन्धकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले दुई कम्पनीका सञ्चालक एवं प्रबन्धक फिरोज मास्केसहित ६ जनाविरुद्ध १२ करोड ५७ लाख बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।
विभागका अनुसार हाई वे लिंकका सञ्चालक मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी र रोज इन्टरप्राइजेजका मास्के र वेष्ट वे सोलुसनका संचालक देवराज अधिकारीसमेतले मालवस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली बिजकमात्रै खरिद गरेको देखिएको छ।
उनीहरुलाई ३ वर्ष कैद र बिगोको दोब्बर जरिवाना माग गर्दै मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।