काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने भएको छ। बैंकको सोमबार सम्पन्न ३३ औं वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी उक्त जानकारी दिइएको हो।
साधारण सभामा बोल्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले अझै केहि संस्थासँग मर्जर वा प्राप्तिका लागि छलफल भइरहेको बताए। अरु बैंकसँग प्रतिस्पर्धा गर्नका लागि तथा बैंकको खर्च कम गर्नका लागि पनि मर्जर आवश्यक रहेको अध्यक्ष पाण्डेको भनाइ छ।
पाण्डेले आफू मर्जरको पक्षमा भएपनि केहि संचालकहरुमा यो आफ्नोमात्रै संस्था हो भन्ने भावना रहेका कारण मर्जर प्रक्रियामा समस्या भएको बताए। नेपाल इन्भेस्टमेन्ट बैंकले यस अघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभेको थियो।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का राखिएको छ।
३३ औं साधारणसभामार्फत इन्भेष्टमेन्ट बैंकले ३३ प्रतिशत लाभांश घोषणासम्बन्धी प्रस्ताव पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।