काठमाडौं- सातामा कारोबारको पहिलो दिन आइतबार ४२ दशमलव ६१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ।
सोमबार १५ दशमलव १५ अंकले बढेर परिसूचक १ हजार २ सय ७० दशमलव ८६ अंकमा कायम भएको छ। आज १ सय ८३ वटा कम्पनीको ५५ लाख १८ हजार ६ सय ३६ कित्ता सेयर १९ हजार ३ सय ५० पटक खरिदबिक्री हुँदा १ अर्ब ७० करोड ५० लाख ६० हजार ६ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार उत्पादन र लघुवित्त समूह क्रमशः २ दशमलव शून्य ६ अंक र १३ दशमलव ८९ अंकले घटेका छन् भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५२ दशमलव शून्य ७ अंकले बढेको छ।
कारोबार रकमका हिसाबले नेपाल टेलिकमको सबैभन्दा धेरै ६ करोड ४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ९७ लाख, एनआइसी एसियाको ५ करोड ५७ लाख, प्रभु बैंकको ४ करोड ४१ लाख र एनएमबी बैंकको ४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ५७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।