काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ५१ प्रतिशत अर्थात् ४२ दशमलव ६१ अंकले बढेको छ।
आइतबारको कारोबारपछि परिसूचक १ हजार २ सय ५५ दशमलव ७२ अंकमा कायम भएको छ। १ सय ७९ वटा कम्पनीको ३८ लाख ३१ हजार कित्ता सेयर १५ हजार ९ सय ७ पटक खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सेन्सेटिभ परिसूचक पनि ३ दशमलव २० प्रतिशत अर्थात ८ दशमलव ४७ अंकले बढेर २ सय ७२ दशमलव ७३ अंकमा कायम भएको छ।
नेप्सेमा सुचीकृत १२ वटै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समुहको उपसुचक ४ सय ९ दशमलव २७ अंकले बढेको छ। त्यस्तै निर्जीवन बिमा समूहको उपसूचक ३ सय ८४ दशमलव २१ अंक र लघुवित्त समूहको उपसूचक १ सय २२ अंकले बढेको छ।
आइतबार सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ करोड ६३ लाख ५६ हजार र एनआइसी एसिया बैंकको ४ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लगायत ५ वटा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।