काठमाडौं- नेपाल चेम्बर अफ कमर्स ७०औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
चेम्बर डेका रुपमा मनाउँदै चेम्बरले आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा चेम्बर अफ कमर्सले प्रभातफेरी निकालेको हो।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखि काममा निरन्तरता दिने प्रतिबद्धतासहित प्रभातफेरी निकालिएको बताएका थिए।
‘सुखी नेपाली समृद्ध नेपाल’निर्माणमा सरकारसँग सहकार्य गरी अगाडि बढ्न चेम्बर प्रतिवद्ध रहेको समेत बताए।
प्रभातफेरीमा काठमाडौं, ललितपुरलगायतका जिल्लाका चेम्बर आबद्ध व्यसायीको सहभागिता थियो। ‘व्यापार समृद्धिको आधार’, ‘राष्ट्रिय पूँजी र व्यवसायीको आधार, समृद्धि र विकासको मुख्य पूर्वाधार’ लेखिएका ब्यानरसहित प्रभातफेरी निकालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।