• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विकासको फुटबल : लाग्छ उनी सधैँ खेलिरहुन्

64x64
सराेज तामाङ आइतबार, पुस २७, २०७६  १४:३१
1140x725

काठमाडौं- नेपालमा धेरै खेलाडीले जस्तै विकास खवासले पनि सुनेकै हुन्- खेलेर के हुन्छ र? ‘जहिल्यै खेल्छस् मात्रै? पढ्नु पर्दैन?’ यस्ता प्रश्नलाई जितेर फुटबल खेलाडी बनेका विकासलाई देख्दा अहिले फुटबलप्रेमीलाई लाग्छ- ‘यिनी खेलिमात्र रहुन्।’ 

नलागोस् पनि किन, एक समय झण्डै २० किलोमिटर साइकलमा गएरसमेत फुटबल नछाडेका विकासको खेलशैली पनि त उस्तै गजव छ। 

उही बेला पनि बाबाको गाली र कुटाइ खुट्टामा फुटबल भएपछि नै उनी बिर्सन्थे। त्यसैमा मग्न हुन्थे। तब त उनलाई फुटबलमा रहर मात्रै होइन बहुत रमाइलो पनि लाग्छ। त्यसैका लागि मेहनत पनि। 

पछिल्लो पटक १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दा उनै विकास धेरैको नजरमा परे। अहिले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट खेलिरहँदा पनि उनी उस्तै अब्बल देखिएका छन्। 

विकास अहिले विभागीय टिम आर्मी क्लबका मुख्य डिफेन्डर हुन्। अझ भनौं आर्मीका एक योद्धा। उनलाई छिचोलेर गोल हान्न विपक्षी खेलाडीलाई एउटा युद्ध जितेजस्तो कठीन पर्खाल पार गर्नुपर्ने हुन्छ। 

विपक्षी खेलाडीलाई रोक्ने मात्रै हैन विकास लामो पासदेखि हरेक पक्षमा अब्बल देखिए। प्राय उनको लामो पास सही स्थानमा पुगेकै हुन्थ्यो। यो दृष्यले दर्शक रोमाञ्चक हुन्थे। लाग्थ्यो उनको हरेक लामो पास नेपालका लागि गोलको अवसर हो। नेपालले भुटानलाई २-१ ले पराजित गर्दै स्वर्ण जित्दा उनको योगदान तारिफयोग्य थियो।

खेलपछि पनि दर्शकको धेरै माया पाएका विकास भन्छन्- ‘मेरो लामो पास निकै उपयोगी भयो। यो कुरा दर्शकले निकै ख्याल गर्नुभएको रहेछ। अर्को कुरा मेरो डिफेन्सिप त राम्रो भएको थियो नै त्यसको साथै अरु डिफेन्डर भन्दा पनि अगाडि बढेर खेलिरहेको थिएँ। त्यसले दर्शकको ध्यान परिहाल्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

दर्शकदीर्घामा विकासको खेल हेर्दै उनका बाबा र आमा पनि गौरव गरिरहेका थिए। कहिल्यै छोराको खेल मैदानमा पुगेर नहेरेका विकासका बाबाआमा सागकै बेला मैदान पुगेका थिए। कुनै बेला छोरा खेल्न गयो, बिग्रियो भन्दै मन अमिलो गरेका उनका बाबाआमा खुसीले गदगद थिए। यसको पछाडिको राज थियो। विकासको खेल कौशल।

विकास भन्छन्, ‘मैदानमा मेरो खेल देखेर बाबा आमा गौरव गरिरहनु भएको थियो। अहिले बाबा आमा खुशी हुनुहुन्छ। उहाँहरु खुसी भएपछि म त्यसैमा खुसी।’

मोरङ सुन्दरहरैचा घर भएका विशालका बाबा आमा उतै खेतिपातीसँगै सानो किराना पसलको व्यवसाय गरेर बस्छन्। उनका दाइ विशाल खवास पुलिसमा जागिरे छन्।

खेलको ३ मिनेटसम्म हराएँ
१९ वर्षीय विकासले व्यवसायिक फुटबल खेल्न थालेको धेरै भएको छैन। २०७५ सालको काँकडभिट्टा गोल्डकप नै उनको पहिलो व्यावसायिक क्लब प्रतियोगिता हो, जुन आर्मीबाट खेलेका थिए।

यसअघि उनले विभिन्न उमेर समूहमा नेपालबाट फुटबल त खेलेका थिए। तर कुनै क्लबबाट व्यवसायिक फुटबलमा भने पाइला टेक्न पाएका थिएनन्।

आर्मी २०७५ सालको काँकडभिट्टा गोल्डकपको फाइनलमा पुगेको थियो। फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्ने थियो। तर त्यहि बेला आर्मीका मुख्य राइट डिफेन्डर दीपक गुरुङ घाइते भए। त्यो बेलासम्म विकास बेन्च प्लेयर थिए। 

फाइनल खेलमा दीपकलाई रिप्लेस गर्दै प्लेइङ इलाभेन मै विकासलाई प्रशिक्षक नविन न्यौपानेले उतारे। तर पोजिसन परिवर्तन गरेर। त्यो खेल भन्दा अघि विकास लाष्ट डिफेन्डर थिए। तर दीपक घाइते हुँदा विकासले उनको पोजिसन थेग्नु पर्ने भयो।
विकासलाई सकस। अब के गर्ने। सक्दिन भनौं भने बल्तल्ल पाएको अवसर। त्यसैले आँटेर मैदानमा छिरे।

‘मेरो पोजिसन भनेको लाष्ट डिफेन्स थियो। राइट डिफेन्सबाट खेलको ३ मिनेटसम्म म मैदानमै हराइरहेँ,’ त्यो दिन सम्झिँदै विकास थप्छन्, ‘भरत दाइले दिएको पासमा मैले क्रस पास दिएँ। एकदमै राम्रो पास थियो त्यो। सन्तोष दाइले हेड गर्नु भएको थियो तर बल बाहिर गयो।’

आर्मीका लागि डेब्यु खेल थियो उनको त्यो। प्रशिक्षक न्यौपानेले उनको खेल क्षमता बुझेर नै मैदानमा छिराएका थिए। प्रशिक्षकको विश्वास गुम्न दिएनन् विकासले। झनै आफ्नो खेल कौशल देखाउने बाटो बनाए। नभन्दै उनी त्यो खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

‘डेब्यु खेलमा नै मैले उत्कृष्ट प्रदर्शन गरेँ। त्यो खेलमा म म्यान अफ दि म्याच घोषित भएँ। त्यसपछि मैले राइट डिफेन्सबाट नै खेल्न थालेको हो,’ विकास सुनाउँछन्।

विकासको उदय
२०७५ मा करिब ५ वर्षपछि लिग सुरु भयो। विना रेलिगेसनको लिगमा पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) सँग २-२ गोलको बराबरी खेलको आर्मीले दोस्रो खेलमा नवप्रवेशी टिम च्यासल युथ क्लबलाई १-० गोलले हरायो। त्यो एक गोल विकास खवासको नाममा थियो।

त्यसबेला १८ वर्षका उमेरमा लिग खेल्न पाएका विकास आफूलाई भाग्यमानी ठान्छन्। हुन पनि विकासले लामो दूरीको घोडाको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन्।

च्यासलविरुद्ध सहिद स्मारक ए डिभिजन लिगमा उनले डेब्यु गरेका थिए। लिगको डेब्यु खेलमा नै गोल गरेका विकाससँग त्यो बेलाको क्षण यस्तो छ, ‘गोल गर्छु जस्तो त लागेको थिएन। तर गोल गरेँ। मेरै गोलमा आर्मीले लिगमा विजयी सुरुवात गरेको थियो।’

त्यसपछि भने उनी पूर्णरुपमा राइट डिफेन्डर बने। अहिले उनलाई बानी नै परिसक्यो। भन्छन्, ‘म राइट डिफेन्डरकै रुपमा हुन्छ। तर लाष्ट डिफेन्स पनि खेल्न सक्छु।’

विकास २०७५ सालको लिग अवधिभर उत्कृष्ट खेलाडी ठहरिरहे। यसको फल स्वरुप उनी उदयीमान खेलाडीको उपाधि चुम्न सफल भए। तर उनको टिम चौथो मात्र हुनसक्यो।

‘सानो उमेरमै लिगमा डेब्यु र एउटा ठूलो सफलता पाएँ। उदाउँदो डिफेन्डरको रुपमा आफूलाई स्थापित गरेँ। यो मेरो लागि एकदमै ठूलो कुरा थियो। अब झन राम्रो गर्छु भन्ने लक्ष्यमा छु’, विकास थप्छन्।

उपाधि लक्ष्य
यतिबेला आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राम्रो खेल देखाइरहेको छ। मछिन्द्र भन्दा एक अंकले पछि रहेको आर्मीको उपाधि दाबेदारी बलियो छ। 

आर्मीको ५ खेलबाट १२ अंक हुँदा मछिन्द्रको १३ खेल छ। उपाधि दौडमा मछिन्द्र र थ्रीस्टार पनि छन्। आर्मीलाई लिग जित्न त्यति सजिलो छैन। तर असम्भव पनि होइन। विकास भन्छन, ‘लिग च्याम्पियन बनाउने सपना हो। गत संस्करणमा पनि च्याम्यियन बन्छौं भन्ने थियो तर सफल भएनौं। त्यो धोको यो पटक पूरा गर्ने छौं।’

आर्मीबाटै व्यवसायिक फुटबल करिअर थालेका विकास शालिन देखिन्छन्। जस्तो मान्छे खेल पनि उस्तै। गएको बिहीबार दशरथ रंगशालामा सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दा आर्मी शीर्ष स्थानमा थियो, जहाँ विकास म्यान अफ दि म्याच चुनिएका थिए।

अहिले आर्मी टिम हरेक पक्षमा बलियो भएको उनको बुझाइ छ। भन्छन्, ‘अहिले आर्मी निकै बलियो छ। हरेक पक्षमा सुधार भएको छ। टिम गेम छ। केही गरौं भन्ने सबैमा छ।’

विकासका लागि जारी लिगमा नै एउटा नरमाइलो क्षण पनि छ। गत पुष ७ गते डिफेन्डिङ च्याम्पियन मनाङसँग आर्मी १-० गोलले स्तब्ध बन्यो। खेलअवधिभर आर्मीले बल नियन्त्रणमा लिए पनि खेलको अतिरिक्त समयमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई जित दिलाए।

जित्छौं भन्ने खेल हार्न पुगेको त्यो खेलबारे उनी भन्छन्, ‘मनाङसँग खेल्दा हामीले दबाब दिइ रहेका थियौं। तर अन्तिम समयमा गोल खाएर हार्न पुग्यौं। मनाङसँग खेल्दा यो खेल कुनै पनि हालतमा हार्दैनौं भन्ने फिल भएको थियो।’

आर्मी उपाधि दाबेदारको पहिलो रोजाइँ भए तपाईका नजरमा उपाधि जित्न सक्ने अर्को टिम कुन हो त? प्रश्नपछि हल्का मुस्काउँदै विकास भन्छन्, ‘अर्को दाबेदार टिमको रुपमा मलाई मछिन्द्र क्लब नै लाग्छ। हाम्रो ‘राइभल’ टिमको रुपमा म मछिन्द्र क्लबलाई नै लिन्छु।’

उनको त्यो सफलता
मोरङ त्यसै पनि फुटबलको क्रेज भएको जिल्ला हो। फुटबल बोकेर नै हुर्किएका विकासका लागि स्कुलपछि र विदाका दिनहरुमा फुटबल नै सबै थोक हुन्थ्यो।

दाइ विशाल र गाउँका ठूलाहरुले मैदानमा खेल्दै गरेको बल टिपेर ल्याउँदा ल्याउँदै उनी पनि फुटबलमा रमाउन थाले।

‘मेरो बाबाले पनि फुटबल खेल्नुहुन्थ्यो रे। तर फुटबलकै कारण धेरै पटक कुटाइ पनि खाएको छु।’ विगतका दिनहरु उनी यसरी सम्झिन्छन्, ‘स्कुलबाट आउने वितिकै लुगा फुकालेर मैदानमा खेल्न गइहाल्थे। बेलुका आउँदा बेस्सरी गाली खान्थे।’

‘फुटबल कति खेल्ने? १० वर्ष! त्यसपछि के गर्ने? हामीले चाहँदा चाहँदै पनि सय प्रतिशत दिएर खेल्न सक्दैनौं। भारतमै करोडमा फुटबल खेलाडीले खेलिरहेको हुन्छन्। तर हामी हजारमा खेल्न परिरहेको छ।’

केही गर्छु भन्दै रोनाल्डो र मेस्सीको नाम जपेर भन्दा पनि रमाइलोमा खेल्दा खेल्दै एक दिन जिल्ला छनोटमा उनी सहभागि भए। त्यसअघि उनको दाइ एन्फाको फाइनल छनोटमा पुगेर फालिएका थिए। क्षेत्रीय छनोटका लागि उनी सुनसरीको दुहवी जानु पथ्र्यो। तर यो कुरा सुनेर उनका घरबाट सिधै नकारे।

‘पहिले पनि दाइ छनोट भएन तँ पनि हुँदैनस् भन्दै बाबाले भन्नुभयो, विकास सुनाउँछन्, ‘दाइले म लिएर जान्छु नि भनेपछि हामी साइकलमै सुन्दरहरैचादेखि दुहवीसम्म गयौं।’

करिब २० किलोमिटर भन्दा टाढा पर्छ सुन्दरहरैचादेखि दुहवी। दाइले उनलाई २–३ दिनसम्म दुहवी छनोटमा लगिरहे। क्षेत्रीय छनोटमा सफल भएपछि उनी काठमाडौं फाइनल छनोटको लागि आउनु पर्ने भयो। यो पटक पनि विकासले घरमा मनाउन उनका दाइ नै अघि सरे।

‘बाबाआमाले गएर के गर्छस् आफ्नो मान्छे कोही छैन। जाने फर्किने। खर्च मात्रै हुन्छ भन्नुहुन्थ्यो’, उनी भन्छन्।

काठमाडौं बाबासँग आएका उनी १०–११ दिनसम्म फाइनल चरणको छनोटमा सहभागी भए। उनको लागि सोचेको जस्तै भयो। फाइनल चरण पनि पार गरे। अब उनी एन्फा एकेडेमीमा बस्ने भए।

छोराको सफलतामा उनको बाबा यसपटक खुलेर खुसी भए। त्यसपछि विकासले आफ्नो फुटबल यात्रामा एउटा मेलो पाए। त्यसलाई पछ्याउँदै यहाँसम्मको यात्रा तय गरे। विकास अघि भन्छन्, ‘फुटबल खेलाडी नै बन्छु भनेर खेल्ने गरेको थिइनँ। पढाइ पनि राम्रो थियो। पहिलो चाहिँ कहिले भइन जहिल्यै दोस्रो र तेस्रो हुँदै पढाइमा अघि बढिरहेको थिएँ।’

राष्ट्रिय टिमको सपना 
‘राष्ट्रिय टिमबाट डेब्यु गर्ने ठूलो रहर छ। यत्रो फुटबल खेलें। इमर्जिङ प्लेयर बनें। नेपाललाई गोल्ड मेडल दिलाएँ। तर राष्ट्रिय टिमबाटै खेलिनँ भने यसको केही अर्थ? विकास प्रश्न गर्छन्।

कलिलो उमेरमै सफलता पाएका विकासले राष्ट्रिय टिमसम्म पुग्ने बाटो बनाइसकेका छन् तर टिममा परेका छैनन्। भन्छन्, सबैभन्दा ठूलो धोको नै राष्ट्रिय टिमबाट खेल्ने हो। ‘सबैभन्दा पहिले राष्ट्रिय टिमबाट खेल्ने हो। त्यसपछि आफूलाई त्यहाँ टिकाइ राख्ने भन्ने हो। यो पटक राष्ट्रिय टिममा बोलाउँछन् भन्ने अपेक्षा पनि छ।’

हुन त खेलाडीले मैदानमा छिरेको ९० मिनेटसम्म राम्रो खेल्ने र जित्ने बाहेक केही सोचेका हुँदैनन्। यो खेलाडीको जिम्मा हो। तर मैदान बाहिर? विभागीय टिमका खेलाडीबाहेक अन्य टिमका खेलाडी भने बायोडाटा बोकेर जागिरको लागि अफिस धाउनु पर्ने बाध्यता छ। अनि त विकास भन्छन्- ‘शतप्रतिशत कसरी दिने?’

विश्वकप छनोटको दोस्रो चरणको घरेलु मैदानका खेलहरुमा डेब्यु गर्न पाए एउटा सपना पूरा हुने थियो भन्ने सोचमा उनी छन्। नेपाली फुटबलमा रोहित चन्दबाट पे्ररित विकास आफू राष्ट्रिय टिमका लागि योग्य रहेको बताउँछन्।

‘आफूले आफूलाई त कसैले नराम्रो भन्दैन। तर म राष्ट्रिय टिमका लागि योग्य छु है जस्तो लाग्छ। मैले आफूलाई अझै बनाउनु पर्ने त धेरै नै छ। तर राष्ट्रका लागि अब सिनियर टिमबाट खेल्न सक्छु जस्तो लाग्छ।’

उमेर समूहमा निकै राम्रो प्रदर्शन गरेका नेपाली खेलाडी सिनियर टिममा पुगेपछि उही खेल नरहेको पनि उदाहरणहरु छन्। तर उमेर अनुसार नै खेलाडीमा जिम्मेवारी पनि थपिँदै जाने हुँदा खेलस्तर घट्न सक्ने उनको तर्क छ।

‘फुटबल कति खेल्ने? १० वर्ष! त्यसपछि के गर्ने? हामीले चाहँदा चाहँदै पनि सय प्रतिशत दिएर खेल्न सक्दैनौं। भारतमै करोडमा फुटबल खेलाडीले खेलिरहेको हुन्छन्। तर हामी हजारमा खेल्न परिरहेको छ,’ उनी थप्छन्, ‘एउटा फुटबल खेलाडीले फुटबल बाहेक अन्य केही सोच्न नपरोस्। नतिजा त्यसै राम्रो आउँछ। हाम्रोमा त्यस्तो छैन। फुटबलको विकासमा हामी निकै पछि छौं।’

हुन त खेलाडीले मैदानमा छिरेको ९० मिनेटसम्म राम्रो खेल्ने र जित्ने बाहेक केही सोचेका हुँदैनन्। यो खेलाडीको जिम्मा हो। तर मैदान बाहिर? विभागीय टिमका खेलाडीबाहेक अन्य टिमका खेलाडी भने बायोडाटा बोकेर जागिरको लागि अफिस धाउनु पर्ने बाध्यता छ। अनि त विकास भन्छन्- ‘शतप्रतिशत कसरी दिने?’

तितो यथार्थ सुनाउँदै आर्मीमा करार सम्झौतामा रहेका विकास भन्छन्, ‘९० मिनेट मात्रै होइन खेलाडीको जीवनभर फुटबल बाहेक अन्य सोच्न नपरोस् तब हुन्छ प्रगति। अझै पनि घरबाट आमाबाबाले आर्मीमा जागिर नै खा बाबु भन्नुहुन्छ। अखिर किन त?’ 

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाको प्रदेश अधिवेशन आजदेखि मंगलबार, जेठ २६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ २६, २०८३
माैसमविद् भन्छन् : सातै प्रदेशमा वर्षाको सम्भावना छ मंगलबार, जेठ २६, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्