• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विदेशमा कोमाका कामदार : स्वदेश ल्याउने नीति कार्यान्वयन गर्न चुनौतीका चाङ

बिरामीका आफन्तले भने– उपचार खर्च सरकारले बेहोर्ने भएमात्र ल्याउनू 
64x64
नेपाल लाइभ शनिबार, पुस २६, २०७६  ०६:३५
1140x725

काठमाडौं-  तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गत असार ८ गते बसेको बैठकले विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेका नेपालीलाई स्वदेश फर्काइ उपचार गराउने निर्णय गर्‍यो। 

उक्त निर्णयसँगै श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगानाको संयोजकत्वमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहितका प्रतिनिधिको संलग्नतामा कार्यदल बन्यो । 

कार्यदलले विभिन्न देशमा कोमामा रहेका १६ कामदारलाई नेपाल ल्याउन सकिने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई पेश गरेको थियो। तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा उपचाररत अस्पतालले बिरामी स्वदेश फर्काउन उपलब्ध गराएको अनुमति, परिवारको सहमति तथा स्वदेशस्थित अस्पतालको एसेप्टेन्स लेटर भएपछि मात्रै बिरामी स्वदेश ल्याउन सकिने उल्लेख थियो।

स्वदेश फर्काएपछि उपचार खर्च रोजगारदाता वा परिवार स्वयंले बेहोर्ने भएपछि  मात्रै बिरामी ल्याउन सकिने प्रतिवेदनमा उल्लेख छ। तर यस्ता जटिल अवस्थाका बिरामी उपचारका लागि स्वदेश फर्काउने क्रममा थुप्रै जटिलता सिर्जना भएका छन्। 

केही बिरामीका आफन्तले बिरामीलाई स्वदेश फर्काएर उपचार गराउन तयार भए पनि धेरैजसो बिरामीका आफन्त सरकारले उपचार खर्च बेहोरेमात्रै बिरामी स्वदेश फर्काउने पक्षमा छन्। त्यस्तै केही बिरामीका आफन्तले बिरामीहरू स्वदेश फर्काएर उपचार गराउन चाहे पनि उपचाररत अस्पतालले फर्काउन नमिल्ने प्रतिक्रिया दिएको छ। 

न त विदेशको कोमाबाट ल्याइएका श्रमिकलाई उपचारका लागि आवश्यक संयन्त्र नै छ। स्वदेशस्थित अस्पतालले पनि कोमाका बिरामी राखेर उपचार गर्नका लागि आवश्यक भौतिक संरचनाको अभाव रहेको प्रतिक्रिया दिएका छन्। जटिल अबस्थाका बिरामी ल्याएर उपचारका लागि आवश्यक पर्ने आइसीयू वार्ड नै पर्याप्त नभएको अस्पतालहरूको गुनासो छ। 

त्यस्तै बिरामीका लागि आवश्यक पुनस्र्थापना केन्द्रको पनि अभाव छ।  जसले गर्दा तत्काल कोमाका बिरामी स्वदेश फर्काएर उपचार गराउन सरकारमाथि चुनौतीको चाङ थुप्रिएको हो। 

यो निर्णय गरेका तत्कालीन मन्त्री बिष्ट  निर्णय कार्यान्वयन नहुँदै मन्त्री पदबाट बाहिरिएपछि श्रम मन्त्रीका रुपमा कार्यभार सम्हालेका रामेश्वर राय यादवमाथि हाल यो निर्णय कार्यान्वयनको जिम्मेवारी थपिएको छ। तर निर्णय गरेजस्तो सजिलो कार्यान्वयन गर्न नभएको सरकारी अधिकारीहरुको धारणा छ।

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगार बोर्डका एक अधिकारीले पनि सरकारको यो निर्णय कार्यान्वयन गर्न निकै अप्ठ्यारो भएको बताए। ‘कोमाका कामदारको उपचारका लागि स्वदेश ल्याउँदा उपचार खर्च बेहोर्नुपर्ने जिम्मेवारी सरकारको पनि हो नि। वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हितमा सरकारले आफ्नो तर्फबाट १ रुपैयाँ पनि खर्च गरेको छैन,’ ती अधिकारीले भने, ‘आर्थिक सहायता श्रमिकले कोषमा जम्मा गरेको रकमबाट हो। रेमिट्यान्सको आश गर्ने सरकारको दायित्व के?’ 

कोमाका बिरामी स्वदेश फर्काइ उपचार गराउने भए उनीहरूको उपचार खर्च सरकारले बेर्होने ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ। 

‘साहुबाट दुई/चार लाख ऋण लिएर विदेशीएका ती श्रमिक नै समस्यामा परेपछि उनीहरूका परिवारले कसरी उपचार खर्च जुटाउन सक्छन्?’ ती अधिकारीले प्रश्न गरे।

बिरामी ल्याउन ४ परिवारमात्रै सहमत
सरकारको यो निर्णयपछि वैदेशिक रोजगार बोर्डले विभिन्न देशका कोमामा उपचाररत बिरामीका आफन्तसँग सम्पर्क गरेको थियो। त्यतिबेला ४ जना बिरामीका परिवारले मात्रै स्वदेश ल्याउने सहमति जनाएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘परिवारको सहमतिअनुसार कामदार विदेशबाट झिकाउन सकिने बिरामीका सम्बन्धमा प्रकृया अगाडि बढिरहेको छ’ उनले भने। 

गम्भीर अवस्थामा उपचाररत दैलेख दुल्लुका सन्देश कार्की, बेलबहादुर भुजेल, भीमबहादुर थापालगायत ४ परिवारका सदस्यमात्रै सहमत भएको बोर्डले जनाएको छ। 

जटिल अवस्थाका बिरामीको बाटैमा ज्यान जान सक्ने भन्दै गन्तव्य मूलुकस्थित अस्पतालहरूले केही बिरामीलाई स्वदेश फर्काउन नसकिने जवाफ दिएका छन्। 

मलेसियाको एक अस्पतालको कोमामा उपचाररत दैलेख दुल्लुका सन्देश कार्कीलाई उपचारका लागि स्वदेश ल्याइदिन भन्दै उनको परिवारले बोर्डमा निवेदन दिएको थियो। परिवारको आग्रहअनुसार कार्कीलाई स्वदेश फर्काउने प्रकृया बोर्डले अगाडी बढायो। तर, मलेसियास्थित अस्पतालले बिरामीको अबस्था जटिल रहेकाले बाटोमा ज्यान जान सक्ने भन्दै ल्याउने अनुमति दिएन। त्यसको केही दिनमै बिरामीको मृत्यु भएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताए।

केही परिवारले यस्ता जटिल किसिमका बिरामी स्वदेश फर्काउन चाहे पनि अस्पतालको अनुमतिबिना नसकिने उनको भनाइ छ ।

साउदीस्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत बेदबहादुर भुजेललाई परिवारले स्वदेश ल्याएर उपचार गर्न चाहे पनि उनी कार्यरत कम्पनीले मुद्दा हालेको छ। २ करोडभन्दा बढी  रकम उनले तिरेपछि मात्रै स्वदेश फर्काउन मिल्ने हुँदा उनलाई त्यो रकम तिरेर स्वदेश फर्काउन समस्या देखिएको छ । 

उपचार खर्च सरकारले बेहोर्ने भए बिरामी ल्याउन तयार 
कतारस्थित कोमामा उपचाररत राजाराम चमारका परिवारले उनको उपचार खर्च सरकारले बेहोर्ने भए स्वदेश ल्याउने जनाएको छ। कतारकै अस्पतालमा उपचाररत अर्का लिलाराम सापकोटाको परिवारले पनि नेपाल झिकाउन तथा उपचार गर्न लाग्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने गरी ल्याउने हो भने तयार रहेको प्रतिक्रिया दिएको छ । 

उनीहरु जस्ता थुप्रै बिरामीका परिवारले सरकारले नै उपचार खर्च बेहोर्ने ग्यारेन्टी गरेमात्रै बिरामीहरु विदेशबाट झिकाउने बताएका छन्। 

कोमामा उपचाररत बिरामीलाई अस्पताल वा पुनःस्थापना केन्द्रमा कति समय राखेर उपचार गराउनु पर्ने हो भन्ने जानकारी हुँदैन । साहुबाट ऋण लिएर विदेशिएका श्रमिकसँग लाखौँ खर्च गरेर बिरामी स्वदेश झिकाउने र उपचार गराउने सामर्थ्य छैन। जसले गर्दा सरकारले उपचार खर्च बेहोरेमात्रै बिरामी स्वदेश फर्काउने भनाइ सम्बद्ध आफन्तको छ।  

विदेशी अस्पतालमा जटिल अवस्थाका २३ बिरामी
यो समाचार तयार पार्दासम्म विदेशका विभिन्न अस्पतालमा जटिल अवस्थाका २३  बिरामी छन्। साउदी, कतार, मलेसिया, कुवेत, बहराइनलगायत विभिन्न मुलुकका अस्पतालमा उनीहरु उपचाररत छन्।

यो संख्या घटबढ भइरहन्छ। कार्यस्थल दुर्घटना, सडक दुर्घटना, विभिन्न गम्भीर रोगलगायत कारणबाट उनीहरु कोमामा उपचाररत छन्। केही बिरामी वर्षौँदेखि अचेत छन् भने केहीमा होस भए पनि हलचल गर्न नसक्ने अवस्था छ। 


 

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्