एजेन्सी– बलिउड अभिनेत्री करिना कपुरले छोरा तैमुरलाई जन्म दिएपछिको मोटो शरीरलाई छरितो बनाएकी छिन्।
एक भारतीय पत्रिकामा करिनाकी व्यायाम प्रशिक्षकले दिएको अन्तर्वार्ता अनुसार उनले १५ महिनामा १६ केजी तौल घटाएकी हुन्।
करिनाले ती प्रशिक्षकसँग छोरा जन्माएको ४५ दिनपछि भेटेकी थिइन्। सो भेटमै करिनाले शारीरिक रुपमा आफू फिट हुन चाहेको बताएकी थिइन्।
करिनाले १५ महिनामा आफ्नो छोराको हेरचाहसँगै शारीरिक तन्दुरुस्ति पनि कायम राखेकी छन्।
करिनाले आफूलाई निकै अनुशासनमा राखेर व्यायाम गरेकाले तौल घटाउन सम्भव भएको व्यायाम प्रशिक्षकले बताएकी छिन्। करिनालाई पारिवारिक जिम्मेवारी र छोराको हेरचाहसँगै फिल्म ‘वीरे दी वेडिंग’ को सुटिङका लागि कसरत जरुरी थियो।
करिनाले आफू आमा बनेसँगै योग र फिटनेस हलमा व्यायाम सुरु गरेकी थिइन्।
आफ्नो शारीरिक तन्दुरुस्तिका साथै फिल्म सुटिङ स्थलमा समेत खानपानमा विशेष ध्यान राख्ने करिना आफ्नो स्वास्थ्यप्रति सधैं चनाखो रहने गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।