काठमाडौं– अमर राईको स्वरमा रहेको 'चञ्चले नानी' बोलको गीत सार्वजनिक भएको छ। मणिपाल राईको शब्द र संगीत रहेको गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेलको अभिनय छ।
विल्सन र शिल्पाको जोडी पहिलो पटक यस गीतमार्फत दर्शकमाझ देखिएको हो। गीतको भिडियोमा प्रणय भावलाई प्रस्तुत गरिएको छ।
ग्रामीण परिवेशकी चञ्चले नानीको सुन्दरताको बयानका लागि प्रेमिल र मौलिक शब्दहरुबाट गीतमा विल्सन र शिल्पाको केमेस्ट्री मिलाउने प्रयास गरेको गायक राईले बताए।
राजीव समरको कोरियोग्राफी रहेको गीतकाे भिडियाे उत्तम हुमागाईंले छायांकन गरेका हुन्। गीतलाई निकेश खड्काले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।