काठमाडौं– हास्य विधामा तयार भइरहेको फिल्म ‘हैरान’ले छायांकनको काम सम्पन्न गरेको छ। छायांकनका लागि बाँकि रहेको शिर्ष गीतको सुटिङ सकिएसँगै फिल्म युनिट प्रदर्शनको तयारीमा लागेको छ।
जेठ ४ बाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘हैरान’लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्। ‘लभ यु बाबा’ फिल्मको निर्देशनपछि सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए।
फिल्म हैरानमा समावेश प्रायः सबै कलकारहरुलाई समेटेर तयार गीतलाई चाँडै नै बजारमा ल्याउने फिल्म युनिटको तयारी छ।
गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल , सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।