• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

शब्दचित्रमा प्रधानमन्त्री–कलाकार भेट : ‘ट्रिपल फ्यान’ देखि सुष्माको सेल्फीसम्म

64x64
नेपाल लाइभ शनिबार, चैत १७, २०७४  १२:१०
1140x725

प्रधामन्त्री केपी शर्मा ओलीले शनिबार कलाकारलाई बालुवाटारमा बोलाएर दिवाभोज दिए। भोजमा नेपाली कला क्षेत्रका हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, बसुन्धरा भूषाल लगायत एक सयभन्दा बढी कलाकार सहभागी भए।

पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घन्टा ढिलो गरी प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा उपस्थित भए। त्यसअघि कलाकारहरु आफूलाई कम महत्व दिएको भन्दै मुर्मुरिन थालेका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यका क्रममा कलाकारको भूमिकालाई बढाइँचढाइँ गरे। फर्किँदा सबैको ओठमा प्रधानमन्त्रीको प्रशंसा मात्रै थियो। 

प्रधानमन्त्री ओली र कलाकारबीचको जमघटबारे डिबी खड्काको शब्दचित्रः

‘कलाकारको ट्रिपल फ्यान म’ 

प्रधानमन्त्री ओलीले कलाकारहरुका कारण मान्छेको तनाव, पीर र चिन्ता हरण हुने बताए। उनले कलाकारिताको शक्तिलाई महाभारतका उपकथाहरुसँग समेत जोडे। आफूले पनि तनाव घटाउन फिल्म हेर्ने र संगीत सुन्ने गरेको उल्लेख गरे। उनले भने ‘म तपाईंहरुको कलाकै कारणले धेरैपल्ट तनावबाट मुक्त भएको छु।’

यसरी कलाको प्रशंसा गर्ने क्रममा ओलीले कलाकारहरु आफूलाई निकै मन पर्ने बताए। उनले ठट्यौली शैलीमा भने, ‘अचेल कलाकारलाई मन पराउनेलाई फ्यान कि के भन्छन्, होइन? त्यसो भए म तपाईंहरुको ट्रिपल फ्यान हुँ।’

नहाँस्ने र नरमाउनेमा मानवीय गुणको अभाव

प्रधानमन्त्री ओलीले कलाकारहरुले आफूलाई गुन लगाइरहेको सम्बोधनका क्रममा पटकपटक उल्लेख गरे। त्यसकारण आफू कलाकारहरुप्रति ऋणी रहेको भन्दै फुक्र्याए। कलामा मिठास हुने मात्रै होइन, यसले सकारात्मक ऊर्जा समेत दिने धारणा उनले राखे। ‘कलामा रमाउँदा शरीरमा राम्रा रसायन सक्रिय हुन्छन्। यसले चिन्तनमा सकारात्मक असर पार्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म र गीत–संगीतमा रमाउन नसक्ने मान्छेमा मानवीय गुण अपुग रहेको समेत उनले बताए। भने, ‘जो हाँस्दैन, रमाउँदैन, ऊ मानवीय गुणको उचाइमा पुगेको मान्न सकिँदैन।’ 

मान्छेमा रहेको फरक गुण भनेकै हाँस्नु रहेको उल्लेख गर्दै रुन पशुले पनि जान्ने उल्लेख गरे। 

फिल्ममा भूतका कथा र बोक्सी प्रथा

कलाका माध्यमबाट अन्धविश्वास फैलाउन नहुने प्रधानमन्त्रीको धारणा थियो। उनले सकेसम्म भूतका कथा फिल्ममा देखाउन नहुने कुरामा जोड दिए। उनले भने, ‘भारतीय फिल्म र सिरियलमा त जताततै भूत आउँछ। नेपालीमा त्यस्तो नगरौं। भूत हुँदैन।’

Xtrem

Xtrem

भूत नहुने कुरा कथा लेख्नेलाई समेत थाहा हुने भन्दै उक्त विषयलाई प्राथमिकता नदिन सुझाए। भूत अन्धविश्वास भएकाले यसले बोक्सी प्रथालाई समेत प्रश्रय दिने उनले बताए। उनले भने, ‘भूतका कथाले मान्छेलाई कमजोर र त्रास उत्पन्न बनाउँछ। बोक्सी प्रथा जस्ता अन्धविश्वासलाई प्रश्रय दिन्छ।’

दराजमा फोहर र दिमागमा खराब कुरा

सकेसम्म रमाइलो गर्ने र सकारात्मक कुरामा बढी जोड दिने आफ्नो स्वभाव रहेको बताए। त्यसैले आफू बोल्दा रमाइलो तरिकाले प्रस्तुत हुनेतर्फ संकेत गरे। 

दराज र फोहरको प्रसंग उप्काएर उनले उपस्थित कलाकारलाई नकारात्मक कुराबारे प्रस्ट्याए। उनले भने, ‘तपाईं स्टिल वा काठको दराज किन्नुहुन्छ। त्यहाँ के राख्नुहुन्छ? राम्रो कुरा मात्रै, होइन र? कि फोहर पनि राख्ने गर्नुभएको छ? पक्कै छैन होला। टिनको दराजमा त फोहर राखिन्न भने त्यस्तो राम्रो दिमागमा खराब अर्थात् नकारात्मक कुरा किन राख्ने?’ 

देशको उन्नतिका लागि सबै क्षेत्रबाट सकारात्मक ऊर्जा र सोचको आवश्यकता रहेकोतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

स्वस्थानीको नियम पछ्याउने कि !

शिक्षा देशको समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण रहेको ओलीले बताए। त्यसैले आगामी बैशाख ५ मा विद्यार्थी भर्ना अभियानमा सहभागी हुन कलाकारहरुलाई आग्रह गरे। आफूले उक्त दिन स्कुल जाने उमेर पुगेकी तर स्कुल नगएकी कुनै गरिब बालिकालाई भर्ना गर्न लिएर जाने बताए। सरकारले यसलाई अभियानकै रुप दिन लागेको बताउँदै उनले भने, ‘अहिले हामीसँग ७ सय ६१ सरकार छन्। त्यसैले यी सबैले एउटा मात्रै भर्ना गरे भने पनि ७ सय ६१ जनाले शिक्षाको अवसर पाउँछन्।’ यो अभियानमा सबैतिरबाट साथ रहने अपेक्षा समेत उनले व्यक्त गरे। 

सचेत नागरिकले आफ्नो सन्तानका साथै अरुलाई पनि स्कुल भर्ना गर्ने दायित्व रहने बताए। उनले स्वस्थानीको प्रसंग उप्काए, ‘स्वस्थानीमा भनिएको छ, आफ्नो छोरा नभए मितछोरा, मितछोरा नभए नजिकको नातेदार, त्यो पनि नभए अरु कोही। हो, त्यसैगरी भर्ना अभियानमा पनि आफ्ना नभए नातेदारका, नातेदारका पनि नभए अरुका सन्तानलाई पढ्न सघाऔं।’

सुष्माको सेल्फी

सेल्फी खिच्ने प्रचल सर्वत्र रहेको अहिलेको समयमा हितैषी वा ठूलाबडा मान्छे भेट्दा खिचिहाल्ने धेरैको बानी छ। त्यसमाथि हरदम क्यामेराकै अघिपछि रहने कलाकार यसका अझै बढी पारखी हुन्छन्। त्यसैले प्रधानमन्त्री निवासका मर्यादा पालकलाई सबभन्दा ठूलो टाउको दुखाइ सेल्फी नै थियो। कोही कलाकार प्रधानमन्त्रीसँग उभिएर मुख चुच्चो पार्दै मोबाइल तेस्याउँछ कि भनेर उनीहरु भनिरहेका थिए, ‘सेल्फी नलिनुहोला।’ 

तर, लागेको बानी कहाँ जान्छ र? अभिनेत्री सुष्मा कार्की प्रधानमन्त्रीसँगै उभिएर मोबाइलमा सेल्फी खिच्न कस्सिहालिन्। प्रधानमन्त्रीको पछाडि उभिरहेका एक मर्यादापालकले उनलाई कोट्याएरै भन्नुपर्‍यो, ‘सेल्फी नलिनुहोस्।’ प्रधानमन्त्री ओलीले चाल पाएपछि व्यंग्यात्मक शैलीमा भने, ‘अगाडिबाट फोटो खिच्दा पनि राम्रै आउँछ।’

सुष्मा त लाजले रातोपिरो!

‘करिष्मा मन पर्छ’

करिष्मा मानन्धर अघिल्लो वर्ष कक्षा ९ मा भर्ना भएकी थिइन्। पढाइ निरन्तर छ कि त्यो ‘स्टन्ट’ बेमौसमी भइसक्यो, उनै जानून्। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा विद्यार्थी भर्ना अभियानलाई महत्व दिएपछि उपस्थित एक रंग पत्रकारलाई करिष्मा त्यसको ‘ब्रान्ड एम्बेस्डर’ हुन सक्छिन् भन्ने लागेछ। उनले गेटबाट प्रधानमन्त्री बाहिरिँदै गर्दा सोधे, ‘भर्ना अभियानमा करिष्मालाई ब्रान्ड एम्बेस्डर बनाउनेबारे के सोच्नुभएको छ प्रधानमन्त्रीज्यू?’ 

सँगै रहेकी करिष्माले प्रधानमन्त्री ओलीतिर आशावादी नजर फ्याँकिन्। प्रधानमन्त्री ओली मुस्कुराए र जवाफ दिए, ‘अहिले केही सोचेको छैन।’ दुई पाइला हिँडेपछि प्रधानमन्त्री ओलीलाई लागेछ, करिष्माको चित्त पो दुख्यो कि? उनी पछि सरे र करिष्माको नजिक पुगेर मुस्कान छाड्दै भने, ‘करिष्मा मन पर्छ मलाई।’

‘रातामकै’को ठट्टा र निजी खर्चमा दिवाभोज

प्रधानमन्त्री ओलीको सम्बोधनपछि दिवाभोजको कार्यक्रम गर्ने तय गरिएको थियो। तर, निर्धारित समयमा प्रधानमन्त्री आउन सकेनन्। कार्यक्रम सञ्चालनको जिम्मा पाएका दिनेश डिसीले सेड्युल परिवर्तन भएको भन्दै भोजपछि सम्बोधन हुने बताए। 

खाना खाने नियमित समय घर्किसकेकाले धेरैलाई भोक लाग्नु स्वाभाविकै थियो। त्यसैमाथि किरण केसी ‘रातामकै’ को स्वभाव नै ठट्यौलो छ। प्लेटभरि खाना लिएर आइपुगेका उनले गायकद्वय स्वरुप र सत्यराज आचार्यको टेबल ज्वाइन गर्दै ठट्टा गरे, ‘म मेरो पैसामा पनि यति नै खाने हो!’ उनले खाना खाँदै गर्दा फेरि मजाक गरे, ‘यो पनि सरकारी खर्चको भोज हो। त्यो हामीले नै कर तिरेको पैसाको त हो।’ 

कहिलेकाहीँ बाघ कराउनु र बाख्रा हराउनुको संयोग हुन्छ। भइदियो त्यस्तै। प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रसंग मिलाएर देशको ढुकुटी बलियो नभएको भन्दै भोज सरकारी खर्चमा नभएको स्पष्ट पारे। उनले भने, ‘तपाईंहरुसँग हार्दिकता बाँड्न दिवाभोजको आयोजना गरेको हुँ, तर खर्च सरकारी होइन।’

बिचरा ! ठट्टा गर्ने रातामकैलाई पो लाग्यो होला, ‘यो त मेरै मजाकको जवाफ भयो।’

प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्