नयाँ दिल्ली–भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीमाथि मानहानिको मुद्दा परेको छ। प्रधानमन्त्री एवम् भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष नरेन्द्र मोदीप्रति अपमानजनक टिप्पणी गरेको भन्दै भाजपाका एक नेताले गान्धीविरुद्ध शुक्रबार मानहानिको मुद्दा हालेका हुन्।
कंग्रेस अध्यक्ष गान्धीविरुद्ध मुद्धा हाल्ने व्यक्ति भाजपाका उत्तर प्रदेश राज्य प्रवक्ता शलभमणि त्रिपाठी हुन्।
मुद्दा देवरिया जिल्लाको एक अदालतमा दायर गरिएको छ। अध्यक्ष गान्धीविरुद्ध भारतीय संविधानको धारा ४९९ र ५०० को आधारमा मुद्दा दायर गरिएको अदालतले जनाएको छ।
प्रवक्ता त्रिपाठीका अनुसार अध्यक्ष गान्धीले दिल्लाीमा आयोजित पार्टीको राष्ट्रिय अधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्री मोदी, भारतबाट फरार भएका पूर्व आइपिएल कमिस्नर ललित मोदी र बैक घोटालाका आरोपी निरव मोदीका बीचमा रहेका समानताहरु उल्लेख गरेका थिए।
‘गान्धीले प्रधानमन्त्री मोदी भ्रष्टाचारको पर्याय बनिसकेको समेत बताएका थिए।’, त्रिपाठीले भने,‘यसले भाजपा कार्यकर्ता मात्रै होइन भारतीय जनताको भावनामाथि नै ठेस पुगेको छ।’
नेता त्रिपाठीका वकिलका अनुसार सो मुद्दाको सुनुवाई आगामि अप्रिल ५ का लागि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।