• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएलले फेरिएको पोखरा क्रिकेट मैदान, थप काम कसले गर्ने?

त्रिदेशीय सिरिजअघिको क्लोज क्याम्प पोखरा रंगशालामै 
64x64
ऋग्वेद शर्मा सोमबार, पुस २१, २०७६  १६:१५
1140x725

काठमाडौं- पोखरा रंगशालामा रहेको क्रिकेट मैदान तस्बिरमा मात्रै हेर्नेले पनि सोच्छन्- ‘गजवको मैदान रहेछ त!’ 

खेल हेर्न पुगेका दर्शकको अनुभव पनि विशेष छ। अझ मैदानमा नै बल ब्याट चलाएका खेलाडीलाई सोध्ने हो भने जवाफ आउँछ- ‘हिमाल हेर्दै क्रिकेट खेल्न कसलाई रमाइलो नहोला?’

यसैले त पहिलो र दोस्रो दुवै पोखरा प्रिमियर लिग (पिपिएल) खेलेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र शरद भेषावकरदेखि अन्य खेलाडीहरु पनि पोखरामा क्रिकेट खेल्दाको छुट्टै मज्जा रहने सुनाउँछन्। 

‘विदेशी खेलाडीहरुसँग पनि कुराकानी हुँदा यहाँको सुन्दरताले नै मोहित भएको सुनाउँछन्। हामी नेपालकै खेलाडी पनि जहिले जहिले पोखरा रंगशालामा हुन्छौँ मैदानबाट देखिने हिमालको दृश्यले छुट्टै आनन्द अनुभव गरिरहेका हुन्छौँ’ पूर्वकप्तान पारसले सुनाए। 

मैदानबाट देखिने सुन्दरता मात्रै होइन, पोखरा क्रिकेट मैदानको पिच पनि निकै राम्रो बनेको खेलाडीहरुको अनुभव छ। अब आउटफिल्डमा केही काम हुनुका साथै खेलाडी र अफिसियलका लागि ‘ड्रेसिङ रुम’ र सुविधायुक्त ‘बाथरुम’ बन्ने हो भने पोखरा रंगशाला क्रिकेट मैदान साच्चैको अन्तर्राष्ट्रिय स्तरको हुनेछ। 

मैदानमा उभिँदा देखिने सुन्दरता र त्यसमा अन्तर्राष्ट्रिय स्तरको खेल नै गर्नेबारे पनि दुई वर्षअघिसम्म कसैको ध्यान गएको थिएन। फोटो पत्रकार सुदर्शन रञ्जितले पोखरा रंगशालामा नै सन् २००७ मा खिचेको एउटा तस्बिरले आइसिसीको पुरस्कार पाएपछि अन्तर्राष्ट्रिय स्तरमा त्यसको सम्भावना भने देखिएको थियो। 

अझ गएको वर्ष आइसिसी विश्वकप ट्रफी टूरको कार्यक्रम अन्तर्गत नेपाल ल्याइएको क्रिकेट विश्वकपको ट्रफी पोखरा रंगशालामा हिमालको पृष्ठभूमि पारेर राखिएपछि त विश्वभरका क्रिकेट समर्थक रंगशालाको दृश्यले मोहित भए। 

पोखरा रंगशालामा विश्वकप ट्रफी।

त्यससँगै पोखरा रंगशालामा क्रिकेटको सम्भावना र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पिपिएल आयोजना गरेको क्विन्स इभेन्ट म्यानेजमेन्टको काम सह्रानीय छ।

Ncell 2
Ncell 2

‘पहिलो पटक मैदान हेर्न जाँदा स्थानीय स्तरमा खेलहरु भइरहेकै मैदान भए पनि झाडी निकै थियो। नाजुक अवस्थामा थियो। त्यहाँ राम्ररी खेल होला त जस्तो लागेको थियो। तर पनि त्यहाँबाट देखिने दृश्यले नै लोभ्यायो। यहाँ क्रिकेट गराउन सके नेपाली क्रिकेटमा नै एउटा फड्को हुनेछ भन्ने लाग्यो’ पहिलो पटक मैदान पुग्दाको क्षण सम्झँदै क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सुनाए। 

२०६४ सालमा नै क्रिकेट विकासका लागि भनेर प्रा. डा. विरेन्द्र सिंह गुरुङको संयोजकत्वमा तत्कालीन कास्की जिल्ला क्रिकेट संघले मैदानमा झण्डै १३ लाख खर्च गरेर एउटा स्वरुप बनाएको थियो। त्यसपछि पनि विभिन्न चरणमा भएका कामहरु प्रभावकारी भने हुन सकेन। त्यसअघि नै आइसिसीले प्रस्ताव गरेको सेन्ट्रल क्रिकेट एकेडेमीका लागि रंगशाला परिसरमा जग्गा छुट्याइएको पनि थियो। तर, विवादपछि काम अघि बढ्न सकेन।

गएको वर्ष पहिलो पिपिएल आयोजना गर्नुअघि स्थानीय क्युरेटरसहित भारत मुम्बईबाट बोलाइएका क्युरेटरले पिच बनाउने काम गरेका थिए। मुम्बईबाट क्युरेटर ल्याएर, स्थानीय क्युरेटरहरु सहित मिलाएर पिच बनाउने काम भएको थियो।

पिच निर्माण गरिएको समय।

 ‘यसमा हामीले धेरै नै लगानी गरिसकेका छौँ। १५ जना जति स्टाफ राखेर लगातार ४ महिना काम गरेका थियौँ। आजको दिनसम्म आउँदा पनि त्यसमा हामीले सुधारको कामहरु गरिरहेका छौँ,’ क्विन्स इभेन्टका प्रबन्ध निर्देशक लामा भन्छन्, ‘मैदानको लेबलिङ अलिकति मिलाउने र ड्रेसिङ रुम, म्याच अफिसियल रुमहरु बनाउनु पर्ने देखिन्छ। दर्शक बस्ने ठाउँमा प्राकृतिक प्याराफिट बनाउन सकियो भने अझ सुन्दर देखिने छ।’ 

आफूहरुले पिपिएल आयोजना गरेको पहिलो वर्ष झण्डै ४२ लाख र यो वर्ष ८ लाख रुपैयाँ खर्च गरेको लामाको भनाइ छ।  

पहिलो पिपिएलपछि अन्तर्राष्ट्रिय स्तरमा मैदानले चर्चा अझ बढ्यो। विदेशबाट आएका खेलाडी मोहित भए। पहिलो पिपिएलको चर्चापछि नै प्रदेश सरकारबाट दुई करोड रुपैयाँ मैदानको स्तरोन्नतीको लागि छुट्याइएको थियो। 

राष्ट्रिय खेलकुद परिषदले पनि तीन करोड रुपैयाँ बिनियोजन गरेको थियो। तर, कसरी काम गर्ने भन्ने नै एकीन छैन। मैदानको बाँकी काम अझै पनि अन्यौलमा नै छ। बजेट छुटाइए पनि त्यो मैदानमा कसरी काम गर्ने भन्ने कुनै योजना देखिँदैन। जब कि १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का बेला महिला क्रिकेटको खेल पनि पोखरा रंगशालाकै क्रिकेट मैदानमा सम्पन्न भइसकेको छ। 

सागमा महिला क्रिकेट।

आउँदो माघ २२ देखि २९ गते सम्म आइसिसी विश्व कप क्रिकेट लिग-टु अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्ने त्रिदेशीय सिरिजका लागि राष्ट्रिय टिमको टिमको क्लोज क्याम्प पनि पोखरा रंगशालामा नै गर्ने तयारीमा क्यान छ। यसले पनि पोखरा रंगशालाको फेरिएको स्वरुपले नेपाली क्रिकेटलाई दिएको योगदान बुझ्न सकिन्छ। 

‘अहिले अब राष्ट्रिय टिमको क्याम्प नै त्यहाँ गर्ने कुराहरु आइरहेको छ। यसअघि पनि केही वर्षअघि एसिसीको एउटा प्रतियोगिताका लागि त्यही मैदानमा क्लोज क्याम्प राखिएको थियो। विस्तारै यसमा गर्नुपर्ने सुधारहरु गर्दै यसलाई अझ अन्तर्राष्ट्रिय रुपमा चिनाएर नेपालको क्रिकेट विकासमा प्रयोग गर्न सकिन्छ’ पूर्वकप्तान पारसले भने। 

त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निर्माणाधिन अवस्थामा रहेकाले पोखरामा क्लोज क्याम्प गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुदबहादुर चन्द बताउँछन्। ‘त्रिदेशीय सिरिजको क्लोज क्याम्प पोखरामा नै हुन्छ। त्यसको लागि कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय आज बेलुकासम्म गर्नेछौँ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निर्माणाधिन अवस्थामा भएको हुँदा क्लोज क्याम्प पोखरा राखिएको हो’ क्यान अध्यक्ष चन्दले भने। 

दोस्रो पिपिएलको समय।

देशभित्र क्रिकेट मैदानको विकास गरेर जति खेलहरु गर्न सकियो उति नै क्रिकेटको विकास हुने हुँदा मैदानको निर्माण महत्वपूर्ण सर्त भएको पारसको अनुभव छ। 

‘पोखरा रंगशालाको क्रिकेट मैदानमा अब केही कुराहरुमा सुधार गर्न सकियो भने निकै अब्बल हुनेछ। पहिलो र दोस्रो सिजनको पिपिएल हुँदासम्म पोखरा रंगशालामा निकै भिन्नता देखिइसकेको छ। पहिलो पटक मैदानको पुनर्निर्माण गर्दा विशेष त पिचमा नै ध्यान दिन खोजिएको थियो। त्योअनुसार राम्रो पिच पनि बनेको छ’ पारसले सुनाए। 

‘एक वर्षअघिसम्म त क्यान पनि थिएन। अहिले क्यान पनि आएको छ। प्रदेश सरकारहरुले पनि पोखरा रंगशालालाई महत्व दिएको देखिन्छ। अब सबै सरोकारवालाहरु मिलेर त्यसमा अघि बढ्ने हो भने निकै राम्रो हुनेछ’ पारसले बताए। 

पूर्वकप्तान पारसले भनेजस्तो पिच र मैदानमा आएको सुधार जस्तै अन्य आवश्यक पूर्वाधारमा काम गर्न सके पोखरा रंगशाला अन्तर्राष्ट्रिय स्तरमा रहेका उत्कृष्ट रंगशालामध्ये एक हुनेमा दुविधा छैन। जसले नेपाली क्रिकेटकै विकासमा सघाउनेछ। 

दोस्रो पिपिएलको बेला पिचमा काम हुँदै।

निर्माण सयमदेखिको केही दृश्य तस्बिरमा

तस्बिर सौजन्य- क्विन्स इभेन्ट

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी बुधबार, पुस ३०, २०८२
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
गगन र विश्वप्रकाश कानुनी परामर्शमा बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्