• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अपरेसन 'चार्ली फोक्टर', कसुर शून्य

64x64
नारायण अधिकारी सोमबार, पुस २१, २०७६  १६:२३
1140x725

काठमाडौं- ‘अपरेसन क्वाक’, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली डाक्टरविरुद्ध चलाएको अपरेसन हो। यस अपरेसनमा ५८ जना नक्कली डाक्टरलाई पक्राउ गरी सिआइबीले कानुनी दायरामा ल्याएको थियो।

‘अपरेसन हन्ट’ मानव बेचबिखनविरुद्ध सिआइबीले चलाएको अर्को चर्चित अपरेसन हो। सो क्रममा कांग्रेसबाट निर्वाचित एक वडाध्यक्षसमेत पक्राउ परेका थिए। सयौंको संख्यामा नेपाली चेलीहरु बेचिएको तथ्य अपरेसन हन्टले सतहमा ल्याएको थियो।

सिआइबीले नै गरेको ‘अपरेसन भ्वाइस फक्स’ कल बाइपासविरुद्धको अपरेसन हो। जसमा ठूलो संख्यामा कल बाइपास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरु पक्राउ परेका थिए। सिआइबीले गरेका चर्चितमध्ये यी केही अपरेसनका उदाहरण मात्र हुन्। 

प्रहरीले विशेष प्रकृतिका र ठूला अपरेसन गर्दा पूर्वतयारी गर्छ। सोहीअनुसार अपरेसनलाई एउटा नाम पनि दिइन्छ। सामान्य अपरेसनमा भने प्रहरीले कुनै खास नाम दिने गरेको छैन। 

'चार्ली फोक्टर' नाम दिएर सिआइबीले राजधानीका विभिन्न स्थानमा पुस ७ गते चिनियाँ नागरिकविरुद्ध अपरेसन गर्‍यो। सो क्रममा १ सय २२ चिनियाँ नागरिक पक्राउ परे। नामै दिएर विशेष अपरेसन भन्दै सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखाले चिनियाँविरुद्ध संयुक्त अपरेसन गरेका थिए। मनमैंजु, बुढानीलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले ८ महिलासहित १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरूबाट ६७ जनाको मात्रै राहदानी फेला परेको थियो। उनीहरूका साथबाट प्रहरीले ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो। 

म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं लैजाँदै गर्दा प्रहरीको भ्यानबाट बाहिर हेर्दै एक चिनियाँ। 

यति ठूलो अपरेसनपछि सिआइबीले यसबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो। ठूलो संख्यामा प्रहरी परिचालन भएर अपरेसन गरेपछि उनीहरूको अपराध पनि ठूलै भएको आशंका गरिएको थियो। तर योजनाबद्ध अपरेसन गरेर प्रहरी आकस्मिक र सबैभन्दा झिनो मुद्दा चलाएको थियो। 

सिआइबीका डिआइजी निरज शाहीले पक्राउ गर्ने बेला चिनियाँ नागरिकले महिला प्रहरीमाथि हातपात गरेकाले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘महिला प्रहरीमाथि हातपात भएकाले उनीहरूलाई सुरुमा अभद्र व्यवहारमा मुद्दा चलाइएको हो। थप अनुसन्धान गरेर अन्य कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

तर डिआइजी शाहीले भनेजस्तै उनीहरूमा प्रहरीले अन्य कसुर फेला पारेन। त्यसपछि प्रहरीमाथि नै प्रश्न तेर्सियो पक्राउ गर्न प्रहरी गयो चाहिँ किन त? यो प्रश्नको उत्तर प्रहरी अधिकारीसँग छैन। उनीहरूले माथिल्लो तहबाटै पक्राउको निर्देशन आएकाले पक्राउ गरिएको बताउँछन्। 

पक्राउ परेका चिनियाँहरूले नेपाललाई आश्रयस्थल बनाएर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइनमा अश्लील सामग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काममा सक्रिय भएपछि चीनकै अनुरोधमा नेपाल प्रहरीले उनीहरूमाथि अपरेसन चलाएको जनाएको छ। 

चिनियाँले नेपाल भित्र्याएका विभिन्न विद्युतीय उपकरणले भरिएका सुटकेस। 

तर प्रहरीको चार्ली फोक्टर अपरेसन सबैभन्दा कमजोर मानिने मुद्दा अभद्र व्यवहारमा आएर टुंगिएको छ। पुस ७ गते पक्राउ परेका उनीहरूलाई ५ दिन र १० दिन गरी दुई पटक म्याद थप भएको थियो। आइतबार भने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जनही १ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि चार्ली फोक्टर अपरेसनमाथि नै प्रश्न उठेको सुरक्षा विज्ञ बताउँछन्।

अनुसन्धानमा असहज, ल्याइएन आइटी विज्ञ
९ घर छापा मार्दा बरामद भएका मोबाइल, ल्यापटपलगायतका डिभाइस जाँचका लागि फरेन्सिक ल्याब पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जनाएका छन्। 

Xtrem

Xtrem

यसअघि बैंक ह्याकको आरोपमा पक्राउ परेका चिनियाँहरुबाट बरामद भएका डिभाइसको रिपोर्ट प्रहरीको फरेन्सिक जाँचले दिन नसक्ने भन्दै सिंगापुरबाट आइटी विज्ञ टोली ल्याइएको थियो। उक्त टोलीले समेत विश्वसनीय रिपोर्ट दिन नसकेको प्रहरी अधिकारी बताउँछन्। स्रोतका अनुसार केही दिन काठमाडौं बसेर अध्ययन गरेको सिंगापुरको उक्त टोलीलाई ८० लाख रुपैयाँ तिरिएको थियो। 

चिनियाँले नेपाल भित्र्याएका विभिन्न विद्युतीय उपकरणसहितका सुटकेस। 

‘ठूलो रकम खर्च गर्दा पनि विश्वसनीय रिपोर्ट आएन। त्यही भएर अहिले पक्राउ गरेका चिनियाँबाट बरामद भएका डिभाइसको अध्ययन गर्न विदेशी विज्ञ टोली नबोलाइएको हो,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

यद्यपि, घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले प्राविधिक पाटाहरू केलाउन सकेको छैन। ल्यापटपलगायतका डिभाइस बरामद गरिए पनि ती उपकरणमा इन्स्टल भएका सफ्टवेयरबारे प्रहरी अनविज्ञ छ।

प्रहरीले अध्यागमन बुझाएको छ, अनुसन्धान गर्दैछौं : अध्यागमन विभाग
पक्राउ परेका १ सय २२ चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ हजार धरौटीमा रिहा गर्न आदेश गरेपछि उनीहरूलाई प्रहरीले अध्यागमन विभाग बुझाएको छ। 

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता रामचन्द्र तिवारीले १ सय २२ चिनियाँमाथि अध्यागमन विभागले अनुसन्धान सुरु गरेको बताएका छन्। नेपाल लाइभसँग कुरा गर्दै निर्देशक तिवारीले भने, ‘प्रहरीले पक्राउ परेका चिनियाँलाई हामीकहाँ बुझाएको छ। हामी उनीहरूको डकुमेन्ट अध्ययन गर्दैछौं।’

पक्राउ परेकामध्ये धेरैजसोसँग राहदानीसमेत छैन। पर्यटक भिसामा नेपाल आएर कम्पनी खोलेर काम गर्न नपाउने, बिना राहदानी बस्न नपाउने प्रावधानका कारण उनीहरूमाथि आवश्यक अनुसन्धान सकेर डिपोर्ट गर्नेसम्म तयारी भएको निर्देशक तिवारीले बताए।

अध्यागमन ऐनअनुसार २५ दिनसम्म हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गर्ने अधिकार अध्यागमनलाई हुन्छ। अध्यागमन ऐनअनुसार पुनः नेपाल प्रवेश गर्न नपाउने गरी डिपोर्ट (स्वदेश फिर्ता) गर्ने, ५० हजार रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद हुने व्यवस्था छ।

सम्बन्धित समाचार:
‘कमेडी प्रेस मिट'मा आइजीको प्रशंसा, एनसिबीलाई धन्यवाद!

चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा

संदिग्ध चिनियाँले विनाअनुगमन कसरी सञ्चालन गरे अर्बौंका कम्पनी?

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्