• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘कमेडी प्रेस मिट'मा आइजीको प्रशंसा, एनसिबीलाई धन्यवाद!

64x64
नारायण अधिकारी बुधबार, पुस ९, २०७६  १९:००
1140x725

काठमाडौं-
पत्रकार- पक्राउ परेका १ सय २२ चिनियाँलाई किन अभद्र व्यवहार मुद्दा?

डिआइजी निरज शाही- पक्राउका बेला महिला प्रहरीमाथि हातपात गरे।

शाहीको उत्तरपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को पत्रकार सम्मलेन हलमा हाँसो गुन्जिन्छ। 

पत्रकार- यस्तो योजनाबद्ध अपरेसन तर आकस्मिक र सबैभन्दा झिनो मुद्दा किन?

डिआइजी शाही- प्रचलित कानून बमोजिम हुन्छ।

पत्रकार- पक्राउ परेकाहरु चीनको कुन-कुन प्रान्तका रहेछन्, नाम के रहेछ?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- कहिले आएका रहेछन्?

Ncell 2
Ncell 2
nimb
nimb

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- अनि यिनीहरूले अपराध चाहिँ के गरेका रहेछन्?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- यी चिनियाँ राख्ने घरबेटी किन अनुसन्धानको दायरामा आएनन्?

Xtrem

Xtrem

डिआइजी शाही- अनुसन्धान गर्दैछौं ।

पत्रकार- काठमाडौंबाहेक अन्य ठाउँमा पनि चिनियाँ टोली छन् भन्ने छ नि?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं। प्रचलित कानून बमोजिक कारबाही हुन्छ।

पत्रकार- अनि पक्राउ गर्नुपर्ने चिनियाँ अरु पनि छन् कि यति मात्र हुन्?

डिआइजी शाही- छन् भए खबर पाऊँ।

शाहीको यो उत्तरपछि त झन् उपस्थित पत्रकार मन थाम्नै सकेनन्। गलल्ल हाँसे। हल गुन्जियो। 'यो त कमेडी सो जस्तो पत्रकार सम्मलेन भयो,' आपसमा पत्रकारबीच कुराकानी भएको सुनियो। 

पत्रकार- तपाईंहरुको अपरेसनबाट चिनियाँ टोली सन्तुष्ट छ त?

डिआइजी शाही- अँ, एनसिबी (इन्टरपोलको देशीय कार्यालय नेसनल सेन्ट्रल ब्युरो) लाई धन्यवाद नै आइसक्यो।

डिआइजी शाहीको उत्तर सुनेर पत्रकार फेरि मुसुमसु हाँसे। प्रश्न सोध्ने पत्रकारलाई भने उत्तर चित्त बुझेन वा मजाक गरेजस्तो भान भयो। लगत्तै प्रश्न सोध्ने ती पत्रकार बाहिर निस्किए। अन्य पत्रकार र प्रहरी अधिकारीबीचको संवाद भने जारी रह्यो।

पत्रकार- तपाईंहरूले कुटनीतिक माध्यमबाट यी चिनियाँ....

डिआइजी शाही- यहाँ कुनै कुटनीतिक माध्यम होइन, छैन। इन्टरपोलमार्फत् हो यो। (पत्रकारको प्रश्न नै पूरा गर्न नदिई शाहीले उत्तर फर्काइदिए)

यी संवाद सुन्दा कुनै कमेडी शो हेरेजस्तो लागे पनि यथार्थ भने त्यो भन्दा फरक छ। १ सय २२ जना चिनियाँ नागरिक पक्राउबारे जानकारी दिन सिआइबीले आयोजना गरेको पत्रकार सम्मेलनमा भएको वास्तविकता हो यो। 

प्रहरीले गरेको पत्रकार सम्मलेनमा धेरै प्रश्न सोधिएको मध्येको पत्रकार सम्मलेनमध्ये यो पनि एक हो।

तर पत्रकारले सोधेका अधिकांश प्रश्नको उत्तरमा प्रहरीको एउटै जवाफ थियो, 'हामी अनुसन्धान गर्दैछौं। प्रचलित कानून बमोजिम कारबाही हुन्छ।'

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार र प्रहरीबीचको सवालजवाफ मध्येको केही अंश मात्र हो माथिको संवाद। पत्रकारले सोधेका कुनै पनि प्रश्नको अपेक्षित उत्तर पाएएनन्। 

यसअघि १ सय २२ चिनियाँ नागरिक पक्राउबारे प्रहरीले संक्षिप्त जानकारी गराएको थियो। जसको मुख्य उद्देश्य थियो, यो अपरेसन आइजी सर्वेन्द्र खनालको सूचना, योजना र निर्देशनमा भएको हो।

इन्टरपोलको ८८औं महासभा सान्टियागो चिलीमा भएको बैठकमा हेड अफ इन्टरपोल एनसिबी बेइजिङ, चीन र एनसिबी काठमाडौंका प्रमुखहरुबीच ट्रान्सबोर्डर साइबर अपराधजस्ता अपराध नियन्त्रणका लागि छलफल भएको थियो। सोही बेला एनसिबी बेइजिङ, चीन र एनसिबी काठमाडौंबीच जानकारी आदानप्रदान भएकाले १ सय २२ चिनियाँ पक्राउ गर्न सफल भएको दाबी गरिएको छ। 

अपरेशन कसको निर्देशनमा भयो? को खटियो? कसले पक्राउ गर्‍यो? यसअघिका पत्रकार सम्मेलनमा यस्ता विषय गौण हुन्थे। यी प्रश्न पत्रकारले सोध्दा प्रहरीले जवाफ फर्काउथे- जसले गरे पनि नेपाल प्रहरीले गर्‍यो। किन चाहियो अपरेसन अधिकारीको नाम?

तर बुधबारको पत्रकार सम्मलेनमा विगतको त्यो परम्परा तोडियो। 'तपाईंलाई जानकारी छैन भने थाहा पाउनुहोस्, यो अपरेसन आइजीको प्रत्यक्ष निर्देशनमा भएको हो है,' डिआइजी शाहीले पावरप्वाइन्ट प्रजेन्टेसनमार्फत् यही जानकारी गराएका थिए पत्रकार सम्मेलनमा।

यति मात्रै होइन, प्रहरी प्रधान कार्यालयले पठाउने समाचार बुलेटिनमा समेत आइजीको योजनामा अपरेसन भएको भनेर समाचार लेखेर पठाइयो। जसले काम गरे पनि 'जस' आइजीलाई नै जाने हो।  

अझ रोचक त पत्रकार सम्मेलनमा सिआइबी प्रमुख, इन्टरपोल प्रमुख, काठमाडौं प्रहरी प्रमुख, अपराध महाशाखाका प्रमुखदेखि मेट्रो प्रहरीका प्रतिनिधिसमेत उपस्थित थिए।

यति ठूलो मात्रामा प्रहरी मातहतका कार्यालयका प्रहरी अधिकारीहरु उपस्थित भएपछि चिनियाँ पक्राउबारेका केही नयाँ कुरा सार्वजनिक हुनेमा पत्रकार आशावादी थिए। 

पत्रकारको उपस्थिति पनि ठूलै थियो। तर हाता लाग्यो शून्य। नयाँ सूचना/जानकारी केही पनि आएन। सायद पत्रकार सम्मेलनमार्फत् सूचना दिने प्रहरी अधिकारीहरु मिडिया अपडेट थिएनन् होला। मिडियामै आएका सूचनाहरु उनीहरुले भट्याए। 

पक्राउ परेका १ सय २२ मध्ये ६७ वटा मात्रै राहादानी फेला परेको जानकारी डिआइजी शाहीले गराए। केही पत्रकारलाई यो नयाँ सूचना लागेको लाग्यो। तर अर्का एक पत्रकारले समाचारै देखाइदिए यो त लेखिसकेको छ।

चिज नयाँ केही आएन। उही पूरानै। मनमैजु, बुढानीलकण्ठ, महाराजगञ्जका ९ घरमा छापा। ८ महिलासहित १ सय २२ चिनियाँ नागरिक पक्राउ। बरामद ल्यापटप, मोबाइलहरुको विवरण पनि नयाँ थिएन।

७ सय ४७ थान मोबाइल, ल्यापटप ३ सय ३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३ सय २७ थान बरामद भएको जानकारी दोहोर्‍याइयो।

पत्रकार सम्मेलन त सकियो। सोधिएका प्रश्नको जवाफ केही पनि आएन। तर लेख्ने चाहिँ के? पत्रकार यही दोसाँधमा परे? नयाँ त केही आएन लेख्ने चाहिँ के? धरैजसो पत्रकारको यो साझा प्रश्न बन्यो। 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट स... मंगलबार, असोज २०, २०८३
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्