• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘कमेडी प्रेस मिट'मा आइजीको प्रशंसा, एनसिबीलाई धन्यवाद!

64x64
नारायण अधिकारी बुधबार, पुस ९, २०७६  १९:००
1140x725

काठमाडौं-
पत्रकार- पक्राउ परेका १ सय २२ चिनियाँलाई किन अभद्र व्यवहार मुद्दा?

डिआइजी निरज शाही- पक्राउका बेला महिला प्रहरीमाथि हातपात गरे।

शाहीको उत्तरपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को पत्रकार सम्मलेन हलमा हाँसो गुन्जिन्छ। 

पत्रकार- यस्तो योजनाबद्ध अपरेसन तर आकस्मिक र सबैभन्दा झिनो मुद्दा किन?

डिआइजी शाही- प्रचलित कानून बमोजिम हुन्छ।

पत्रकार- पक्राउ परेकाहरु चीनको कुन-कुन प्रान्तका रहेछन्, नाम के रहेछ?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- कहिले आएका रहेछन्?

Ncell 2
Ncell 2

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- अनि यिनीहरूले अपराध चाहिँ के गरेका रहेछन्?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं।

पत्रकार- यी चिनियाँ राख्ने घरबेटी किन अनुसन्धानको दायरामा आएनन्?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं ।

पत्रकार- काठमाडौंबाहेक अन्य ठाउँमा पनि चिनियाँ टोली छन् भन्ने छ नि?

डिआइजी शाही- अनुसन्धान गर्दैछौं। प्रचलित कानून बमोजिक कारबाही हुन्छ।

पत्रकार- अनि पक्राउ गर्नुपर्ने चिनियाँ अरु पनि छन् कि यति मात्र हुन्?

डिआइजी शाही- छन् भए खबर पाऊँ।

शाहीको यो उत्तरपछि त झन् उपस्थित पत्रकार मन थाम्नै सकेनन्। गलल्ल हाँसे। हल गुन्जियो। 'यो त कमेडी सो जस्तो पत्रकार सम्मलेन भयो,' आपसमा पत्रकारबीच कुराकानी भएको सुनियो। 

पत्रकार- तपाईंहरुको अपरेसनबाट चिनियाँ टोली सन्तुष्ट छ त?

डिआइजी शाही- अँ, एनसिबी (इन्टरपोलको देशीय कार्यालय नेसनल सेन्ट्रल ब्युरो) लाई धन्यवाद नै आइसक्यो।

डिआइजी शाहीको उत्तर सुनेर पत्रकार फेरि मुसुमसु हाँसे। प्रश्न सोध्ने पत्रकारलाई भने उत्तर चित्त बुझेन वा मजाक गरेजस्तो भान भयो। लगत्तै प्रश्न सोध्ने ती पत्रकार बाहिर निस्किए। अन्य पत्रकार र प्रहरी अधिकारीबीचको संवाद भने जारी रह्यो।

पत्रकार- तपाईंहरूले कुटनीतिक माध्यमबाट यी चिनियाँ....

डिआइजी शाही- यहाँ कुनै कुटनीतिक माध्यम होइन, छैन। इन्टरपोलमार्फत् हो यो। (पत्रकारको प्रश्न नै पूरा गर्न नदिई शाहीले उत्तर फर्काइदिए)

यी संवाद सुन्दा कुनै कमेडी शो हेरेजस्तो लागे पनि यथार्थ भने त्यो भन्दा फरक छ। १ सय २२ जना चिनियाँ नागरिक पक्राउबारे जानकारी दिन सिआइबीले आयोजना गरेको पत्रकार सम्मेलनमा भएको वास्तविकता हो यो। 

प्रहरीले गरेको पत्रकार सम्मलेनमा धेरै प्रश्न सोधिएको मध्येको पत्रकार सम्मलेनमध्ये यो पनि एक हो।

तर पत्रकारले सोधेका अधिकांश प्रश्नको उत्तरमा प्रहरीको एउटै जवाफ थियो, 'हामी अनुसन्धान गर्दैछौं। प्रचलित कानून बमोजिम कारबाही हुन्छ।'

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार र प्रहरीबीचको सवालजवाफ मध्येको केही अंश मात्र हो माथिको संवाद। पत्रकारले सोधेका कुनै पनि प्रश्नको अपेक्षित उत्तर पाएएनन्। 

यसअघि १ सय २२ चिनियाँ नागरिक पक्राउबारे प्रहरीले संक्षिप्त जानकारी गराएको थियो। जसको मुख्य उद्देश्य थियो, यो अपरेसन आइजी सर्वेन्द्र खनालको सूचना, योजना र निर्देशनमा भएको हो।

इन्टरपोलको ८८औं महासभा सान्टियागो चिलीमा भएको बैठकमा हेड अफ इन्टरपोल एनसिबी बेइजिङ, चीन र एनसिबी काठमाडौंका प्रमुखहरुबीच ट्रान्सबोर्डर साइबर अपराधजस्ता अपराध नियन्त्रणका लागि छलफल भएको थियो। सोही बेला एनसिबी बेइजिङ, चीन र एनसिबी काठमाडौंबीच जानकारी आदानप्रदान भएकाले १ सय २२ चिनियाँ पक्राउ गर्न सफल भएको दाबी गरिएको छ। 

अपरेशन कसको निर्देशनमा भयो? को खटियो? कसले पक्राउ गर्‍यो? यसअघिका पत्रकार सम्मेलनमा यस्ता विषय गौण हुन्थे। यी प्रश्न पत्रकारले सोध्दा प्रहरीले जवाफ फर्काउथे- जसले गरे पनि नेपाल प्रहरीले गर्‍यो। किन चाहियो अपरेसन अधिकारीको नाम?

तर बुधबारको पत्रकार सम्मलेनमा विगतको त्यो परम्परा तोडियो। 'तपाईंलाई जानकारी छैन भने थाहा पाउनुहोस्, यो अपरेसन आइजीको प्रत्यक्ष निर्देशनमा भएको हो है,' डिआइजी शाहीले पावरप्वाइन्ट प्रजेन्टेसनमार्फत् यही जानकारी गराएका थिए पत्रकार सम्मेलनमा।

यति मात्रै होइन, प्रहरी प्रधान कार्यालयले पठाउने समाचार बुलेटिनमा समेत आइजीको योजनामा अपरेसन भएको भनेर समाचार लेखेर पठाइयो। जसले काम गरे पनि 'जस' आइजीलाई नै जाने हो।  

अझ रोचक त पत्रकार सम्मेलनमा सिआइबी प्रमुख, इन्टरपोल प्रमुख, काठमाडौं प्रहरी प्रमुख, अपराध महाशाखाका प्रमुखदेखि मेट्रो प्रहरीका प्रतिनिधिसमेत उपस्थित थिए।

यति ठूलो मात्रामा प्रहरी मातहतका कार्यालयका प्रहरी अधिकारीहरु उपस्थित भएपछि चिनियाँ पक्राउबारेका केही नयाँ कुरा सार्वजनिक हुनेमा पत्रकार आशावादी थिए। 

पत्रकारको उपस्थिति पनि ठूलै थियो। तर हाता लाग्यो शून्य। नयाँ सूचना/जानकारी केही पनि आएन। सायद पत्रकार सम्मेलनमार्फत् सूचना दिने प्रहरी अधिकारीहरु मिडिया अपडेट थिएनन् होला। मिडियामै आएका सूचनाहरु उनीहरुले भट्याए। 

पक्राउ परेका १ सय २२ मध्ये ६७ वटा मात्रै राहादानी फेला परेको जानकारी डिआइजी शाहीले गराए। केही पत्रकारलाई यो नयाँ सूचना लागेको लाग्यो। तर अर्का एक पत्रकारले समाचारै देखाइदिए यो त लेखिसकेको छ।

चिज नयाँ केही आएन। उही पूरानै। मनमैजु, बुढानीलकण्ठ, महाराजगञ्जका ९ घरमा छापा। ८ महिलासहित १ सय २२ चिनियाँ नागरिक पक्राउ। बरामद ल्यापटप, मोबाइलहरुको विवरण पनि नयाँ थिएन।

७ सय ४७ थान मोबाइल, ल्यापटप ३ सय ३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३ सय २७ थान बरामद भएको जानकारी दोहोर्‍याइयो।

पत्रकार सम्मेलन त सकियो। सोधिएका प्रश्नको जवाफ केही पनि आएन। तर लेख्ने चाहिँ के? पत्रकार यही दोसाँधमा परे? नयाँ त केही आएन लेख्ने चाहिँ के? धरैजसो पत्रकारको यो साझा प्रश्न बन्यो। 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्