कालीकोट– कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढबिनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताएका छन्।
रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताए।
कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उनले भने,‘कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचाल झरना, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ।’
अर्को प्रसंगमा उनले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गरे। कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचाल झरनाको प्रचारका लागि काम गर्न आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।