काठमाडौं– कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति नेताहरुले दुःख व्यक्त गरेका छन्। कांग्रेस सभापति शेर बहादुर देउवाले खड्काको मृत्युबाट मुलुकले जिम्मेवार र अनुभवी नेता गुमाएका बताएका छन्।
उनले भनेका छन्– लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो सघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु। उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ।उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली र सोकसन्तप्त परिवारजनमा समवेदना’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायत नेताहरुले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। उपचारका क्रममा खड्काको शुक्रबार साँझ नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।