हेटौँडा- प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुई वटा निर्णय गरेको छ।
बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताए। उनका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।