काठमाडाैं– प्रदेश ३ को प्रदेशसभा अन्तर्गत संसदीय विषयगत समितिले पूर्णता पाएको छ। बीहिबार भएको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध चयन भएपछि समितिले पूर्णता पाएको हो। प्रदेश ३ मा लेखासहित ५ वटा समिति छन्। जसमा नेपाली कांग्रेस र माओवादी केन्द्रले एक–एक र नेकपा मालेले तीन वटा समितिको सभापति पाएको छ।
प्रदेशसभा सचिवालय हेटौंडामा बुधबार ५ जनाले मात्र मनोनयन दर्ता गराएपछि बिहीबार बसेको प्रदेशसभा बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
एमालेकातर्फबाट प्रदेश मामिला समितिमा माधवप्रसाद पौडेल, अर्थ तथा विकास समितिमा सुरेश नेपाल र उद्योग, पर्यटन तथा वातावरण समितिमा रमा आले मगर निर्वाचित भए।
यसैगरी, सार्वजनिक लेखा समितिमा कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठ र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका घनश्याम दाहाल निर्वाचित भएका छन्।
संसदीय समितिका सभापतिहरुलाई प्रदेशका सभाुमख सानुकुमार श्रेष्ठले सपथ खुवाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।