काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको हो। आर्सनलको जितमा निकोलस पेपे र सोक्रेटिसले गोल गरे।
खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। सुरुवातमै युनाइटेडमाथि दबाब कायम गरेको आर्सनलले खेलको ४२औं मिनेटमा अर्को गोल थप्न सफल भयो। सोक्रेटिसले गोल गर्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।
जितसँगै २१ खेलबाट २७ अंक बनाएको आर्सनल लिगको १०औं स्थानमा उक्लिएको छ। यता, पराजित म्यानचेस्टर युनाइटेड भने लिगको पाँचौ स्थानमा छ। उसको २१ खेलबाट ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।