भैरहवा- नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा वेलहिया नाका हुदै नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वागत गरिएको छ।
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट सबैभन्दा पहिला नेपाल प्रवेश गर्ने थाई पर्यटकलाई स्वागत गरिएको हो।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्सले नेपाल प्रवेश गर्ने १७ पर्यटकलाई स्वागत गरेका हुन्।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेसहित पर्यटन व्यवसायी, होटल व्यवसायी तथा स्थानीयले पर्यटकलाई नेपाली ढाका टोपी, फुलमाला र खादाले स्वागत गरेका थिए।
व्यवसायीले पर्यटकलाई लुम्बिनीस्थित मायादेवि मन्दिर चित्रअंकित पोस्टर र पर्यटकीय क्षेत्रबारे लेखिएका पम्प्लेट प्रदान गरेका थिए।
बेलहिया नाकाबाट सन २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ पर्यटक नेपाल आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।