काठमाडौं- नागरिकको स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्न सरकार लागेको नेपाली कांग्रेस संसदीय दलले आरोप लगाएको छ।
मौलिक हक र संविधानको प्रावधानको प्रतिकूल नीति नियम बनाउन सरकार तल्लीन रहेको कांग्रेसको ठहर छ। संसदको विकास तथा प्रविधि समितिबाट अघि बढेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचारलाई कुण्ठित गर्ने कांग्रेसले जनाएको छ।
उक्त विधेयकको विरोध गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत विधेयक सच्च्याउन माग गरेका छन्।
नागरिकका मौलिक अधिकार हनन् हुने हुँदा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रोक्नका लागि उनले सबै पक्ष अग्रसर हुन समेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।