मोरङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउन आग्रह गरेका छन्।
४४ औं राष्ट्रिय मेलमिलापको अवसरमा मोरङको बयरबनमा भएको कार्यक्रममा उनले भने,सभापति ज्यू, गुटको राजनीति त्यागेर तपाई सिंगो पार्टीको सभापति बन्नुहोस्।’
बहुमतको आधारमा केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको उनले बताए। कांग्रेसको इतिहासमा बहुमतको आधारमा महाधिबेशन कहिल्यै नतोकिएको स्मरण गर्दै भने,‘सभापति शेरबहादुर देउवा सिंगो पार्टीको नभई गूटको सभापति बनेकाले समस्या पार्टीमा समस्या उत्पन्न भएको हो।’
उनले सभापतिकै कारण भ्रातृृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको आरोप लगाए। सभापति देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतमा आवाज उठाउन नसकेको बताए। पार्टी बलियो बनाउने कार्यमा लागेको बताएका उनले पार्टीमा कसैप्रति आग्रह र पुर्वाग्रह नराखेको प्रष्टाए।
वर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’ मार्फत मुलुकलाई एकदलिय व्यवस्थामा लैजान लागी परेको उनले आरोप लगाए।
वर्तमान सरकारका कार्यशैली प्रति आपत्ति जनाउँदै भने,‘प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने,अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक,अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने,सुरक्षा अंगमाथी नियन्त्रण राख्ने चरित्र सरकारले देखाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।