काठमाडौं- राजपाले विगत ६ दिनदेखि आन्दोलनरत सर्लाहीका उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाएको छ।
बुधबार एक विज्ञप्ति निकाल्दै राजपाले उक्त आन्दोलनप्रति पार्टिको ऐक्यबद्धता रहेको जनाएको हो।
‘उखु किसानले विगत कयौै वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरूसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गर्ने/गराउने राज्यको दायित्व भएकाले सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु। अन्यथा उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार सरकार स्वयं नै हुनुपर्नेछ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।