एजेन्सी- बलिउडमा अभिनेताको स्टार र स्टारको सुपरस्टार बन्नका लागि लामो यात्रा तय गर्नुपर्छ।
यो यात्राको लागि सानो मिहेनतले पुग्दैन। शाहरुख खान बलिउडको यस्तो कलाकार हुन् जोसँग स्टारडम छ। जुन स्टारडम पाउनका लागि लाखौं तड्पिन्छन्।
तर२०१९को अन्त्यसम्म प्रशंसकहरूले शाहरुखानबाट नयाँ फिल्मको आशा गरेका थिए। तर उनले नयाँ फिल्ममा काम गरेको पाइएन। प्रश्न उठ्न थालेको छ, 'के शाहरुखको स्टारडम सकिएको हो? के शाहरुख ठूलो पर्दामा फर्कन्नन्?'
हालै ट्वीटरमा एक फ्यानले शाहरुखले नयाँ फिल्म नगरे आत्महत्या गर्ने खुलेआम धम्की दिए। त्यसोभए शाहरुख नयाँ फिल्ममा काम कहिले गर्छन् त?
शाहरुखले कतै दिएको अभिव्यक्ति अनुसार उनी ब्रेक लिएर केही समय आफैंलाई बुझ्न चाहन्छन्। केही सूचनाअनुसार उनी कुनै फिल्ममा अतिथि कलाकारको रुपमा देखा पर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।