काठमाडाैं- इस्वी संवतको नयाँ वर्ष सन् २०२० बुधबारदेखि सुरु भएको छ। विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन्।
ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन्।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ।
नयाँ वर्ष सुरु भएलगत्तै विश्वभरका मानिसहरुले हर्षोल्लासका साथ भव्यरुपमा अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन्।
नेपालमा पनि नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, सौराहाल, नगरकोट, धुलिखेललगायतका स्थानमा मानिसहरु जम्मा भएका छन्।
.jpg)
सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' पनि आजदेखि सुरु हुँदैछ। यसकारण पनि देश तथा विदेशमा रहेका नेपालीका लागि आजकाे दिन विशेष रहने भएको छ। विसं भने ईस्वी संवतभन्दा ५७ बर्षले अगाडी छ।
तस्बिर एपी/एफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।