काठमाडौं- देशभरका गुरुङ समुदायले तमू ल्होसार भव्य रुपमा मनाएका छन्। नयाँ वर्ष प्रवेशका अवसरमा ल्होसार मनाइने गरेको छ।
तमू ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रमको गुरुङ समुदायका व्यक्तिहरू जातीय पोशाकमा सजिएका थिए।
गुरुङ जातिलाई ‘तमू’ पनि भन्ने गरिन्छ।
गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु हो। पुरानो वर्ग परिवर्तन गरि नयाँ वर्गमा प्रवेश हुने भएकाले यस दिन ‘ल्होसार’का रुपमा मनाइँदै आएको छ।
सोमबार मध्यरातमा गुरुङसमुदायले मृग वर्गको बिदाई गरी च्यू ल्हो अर्थात् मुसा वर्गको स्वागत गरेका छन्।
तमू संस्कृतिमा प्रत्येक वर्ष वर्ग परिवर्तन हुन्छ।
हेरौं केही तस्बिर:
















.JPG)









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।