काठमाडौं- दोलखाका पूर्व प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्।
सिडिओ हुँदा उनले विभिन्न मुद्दाका अभियुक्तलाई रिहा गर्न घुस माग गरेको समाचार आएपछि गृहमन्त्रालयले निलम्बन गरेको थियो।
यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि अनुसन्धान सुरु गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।