काठमाडौं- नेपाल प्राध्यापक संघले विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेको छ।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पदाधिकारी रिक्त रहेका कारण विश्वविद्यालयहरुका प्रशासन तथा शैक्षिक गतिविधि ठप्प भएको भन्दै तत्काल सम्बोधन गर्न माग गरेको हो।
‘विभिन्न विश्वविद्यालयमा रिक्त रहेका पदहरूमा यथाशीघ्र योग्यता‚ वरिष्ठता एवं कार्यदक्षताका आधारमा नियुक्ति गर्न हामी जोडदार माग गर्दछौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।