राजविराज– भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्र्याईएको डेढ लाख मुल्य बराबरको सामान सप्तरी प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट बरामद गरेको खैनी र कपडा मंगलबार जिल्ला भन्सार कार्यालय तिलाठीमा बुझाएको हो।
१ लाख ३२ हजार बराबरको खैनी तथा ३२ हजार १ सयको कपडा भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।