काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। सिंहले आफ्नो जन्ममिति सच्याएको आरोपमा अख्तियारले बयान दिन बोलाएको हो। अख्तियारले महानगरीय प्रहरी कार्यालय रानिपोखरीलाई डिएसपी सिंहलाई उपस्थित गराईदिन पत्र पठाएको छ।
सिंहले जन्ममिति सच्याएर भ्रष्टाचार निवारण ऐन २०५९ विपरितको काम गरेको विषयमा अनुसन्धान गर्न अख्तियारले पत्र लेखेको हो।
सिंहविरुद्ध अख्तियारमा कीर्ते जन्ममिति कायम गरी सरकारी सेवामा निरन्तरता दिएको उजुरी दर्ता भएको थियो। उक्त उजुरीमा अनुसन्धानका लागि पटक–पटक बोलाउँदा नआएपछि महानगरीय प्रहरी कार्यालय रानिपोखरीलाई उपस्थित गराईदिन अख्तियारले पत्र लेखेको स्रोतले बताएको छ। यसअघि उनी ललितपुरमा कार्यरत रहँदा घुससहित पक्राउ परेका थिए । पछि उनले विशेष अदालतबाट सफाइ पाएपछि सेवामा फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।