काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा भारतले अरुण तेस्रो र पञ्चेश्वर बहुउदेश्यीय आयोजनाबारे छलफल गर्ने भएको छ। नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले सोमबार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई यसबारे जानकारी गराएका हुन्।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा मन्त्री पुनसँग पुरीले शिष्टाचार भेट गर्दै सहकार्यबारे छलफल गरेका हुन्।
भेटमा मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर टे«डिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेको उनको सचिवालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विद्युत् आयात गरिरहेको छ।
वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग मन्त्री पुनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।