• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

64x64
नेपाल लाइभ आइतबार, असोज १८, २०८३  ०६:५८
1140x725

काठमाडौं- भारतमा शासन गरिरहेका अंग्रेजले दिएको जेल सजायबाट मुक्त भएपछि वीपी कोइरालाले केही महिना क्यान्सरको उपचार गराए। त्यतिञ्जेल भारतबाट अंग्रेज शासक फर्किने निश्चितजस्तै भइसकेको थियो। त्यसैले वीपीले नेपालका लागि काम गर्ने राजनीतिक संगठन खोल्ने कुरामा अग्रसरता देखाए।

२००३ असोज १८ का दिन वीपी कोइरालाले एउटा आह्वान सार्वजनिक गरे। जुन भारतको सर्चलाइट पत्रिकामा सम्पादकलाई चिट्ठी स्तम्भमा छापिएको थियो। आह्वानमा भनिएको थियो- ‘…भारतबाट अब छिट्टै ब्रिटिशहरुको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन। तर, त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौँ, पार्टीको निर्माण गरौँ र त्यही मार्फत् अगाडि बढौं। समयको प्रवाहले कसैलाई पनि पर्खेर बसिरहँदैन। समयको आवाजलाई सुनेर आफ्नो देशको निमित्त केही गर्न म प्रत्येक दाजु-भाइ, दिदी-बहिनीमा हार्दिक अपिल गर्दछु।’

राजनीतिक दल खोल्ने मनसायसहित गरिएको उक्त आह्वान प्रकाशित भएपछि वीपीलाई धेरै प्रतिक्रियाहरु आए। कतिपय व्यक्ति र संस्थाहरुले पत्र लेखे। ‘मेरो त्यस आह्वानको व्यापक प्रतिउत्तर पाएँ। मलाई चिठीहरु आए, मलाई मान्छेहरु भेट्न भनी आए र नेपालबाट लुकी-लुकीकन पनि आए’, वीपीले आत्मवृत्तान्तमा लेखेका छन्, ‘त्यसपछि मैले भन्ठानें, यसलाई अब संगठनात्मक स्वरुप दिनुपर्‍यो।’

वीपीको आह्वान सार्वजनिक हुनुअघि नै बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले ‘नेपाल छात्र संघ (वाराणसी)’ को स्थापना गरिसकेका थिए। यसमा विश्वनाथप्रसाद मिश्र (अध्यक्ष, एक भारतीय प्राध्यापक), कृष्णप्रसाद भट्टराई (उपाध्यक्ष), काशीराज उपाध्याय, रत्नबहादुर पार्थिव, मणिराज भण्डारी, लीलानटेश्वर बराल, ईश्वरी बराल, विश्वबन्धु थापा, भरतमणि शर्मा, रोहिणीराज सत्याल आदि सक्रियतापूर्वक लागेका थिए।

वीपीको आह्वानले कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय लगायतका युवाहरुलाई निकै उत्साहित बनायो। सबै व्यवस्था मिलिसकेपछि छात्र संघकै प्रयासमा कात्तिक १५ गते काशीमा एउटा गोष्ठी आयोजना गरियो। त्यसको मुख्य उद्देश्य राजनीतिक दल खोलेर अघि बढ्ने भन्ने थियो। उक्त भेलाले राणा शासन अन्त्य गर्न र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि एउटा तयारी समिति गठन गर्‍यो। त्यो तयारी समिति नै अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस हो।  

त्यो नै नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको मुख्य आधार हो।

देवी प्रसाद सापकोटालाई त्यसको सभापति बनाइएको थियो। राणा शासकबाट देश निकालामा परेका उनी त्यतिञ्जेल निकै बृद्ध भइसकेका थिए। उनलाई राणा शासनविरुद्ध गरेको योगदानको कदर गर्दै सभापति बनाइएको थियो। उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई चयन भए। कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए। त्यसको संयोजक वीपी कोइराला रहे।

तयारी समितिलाई सम्बोधन गर्दै वीपी कोइरालाले संगठनलाई नेपालभित्र पुर्याउने तत्काल सम्भव नभएपनि नेपालीहरुको सहयोग प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताएका थिए। जनतालाई अधिकारसम्पन्न बनाउने, देशलाई सम्मुनत बनाउने र मुलुकको शासनभार जनताको हातमा थमाउने उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बनारसमात्रै होइन, स–साना संगठनहरु अन्यत्र पनि विस्तार भइरहेका थिए। यस्तो एउटा संगठन कलकत्तामा पनि थियो। पार्टी खोल्नका लागि वीपी विभिन्न संगठन भेट्दै र बनाउँदै हिँडेका थिए। पार्टी खोल्ने सम्बन्धमा उनले भारतीय नेताहरु तथा मित्रहरु जयप्रकाश नारायण, राममनोहर लोहियाहरुसँग पनि सल्लाह सुझाब लिइरहेका थिए।

यसैबीच वीपी र गणेशमान सिंहको भेट भएको थियो। सिंह कृष्णप्रसाद प्रधानको नाममा गतिविधि गरिरहेका थिए। उनी टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजापरिषद्का सदस्य थिए। वीपीले सिंहबारे सोधखोज गरेपछि सम्पर्क सूत्रको रुपमा सिंहका साथी देवशंकरलाल पत्ता लगाएका थिए। उनैमार्फत सिंहसँग भेटको प्रयास गरेका थिए। सिंहको भनाइ भने आफू वीपीलाई भेट्न जाने होइन, उनी आफूलाई भेट्न आउनुपर्छ भन्ने थियो। वीपीले वास्ता नगरेको भए पनि लाललाई यो भेटको चाँजोपाँजो मिलाउन सकस पर्‍यो। अन्ततः उनले एउटा चिया पसलमा दुवैलाई ठीक चार बजे बोलाए। ‘म अलि चाँडै पुगें, पाँच दश-मिनेट मिनेट चाँडै। उनलाई (लाललाई) अप्ठ्यारो पर्‍यो- तपाईं पहिले आइदिनुभयो, गणेशमानजी अझ आइपुग्नुभएको छैन’, वीपीले भनेका छन्, ‘गणेशमानजी नजिकै हुनुहुँदो रहेछ, ४ नबजुञ्जेल ओहोर-दोहोर गरिरहनुभएको रहेछ। उहाँ आउनुभयो, अनि कुराकानी भयो।’

पार्टीको नाम, झन्डा, विधान लगायतका विषय टुंग्याउन पार्टी  अधिवेशन आवश्यक पर्थ्यो। सोही अनुसार, २००३ माघ १२ र १३ गते कलकतामा प्रथम अधिवेशन आह्वान गरियो।

(उल्लिखित सन्दर्भहरु विभिन्न पुस्तकहरुबाट लिइएको हो। सन्दर्भमा आएकामध्ये कतिपय मितिहरु पुस्तकहरुमा फरक-फरक रुपमा प्रस्तुत भएको पाइन्छ। तैपनि, धेरैले किटान गरेको मितिलाई यहाँ उल्लेख गरिएको छ।) 

Xtrem

Xtrem

यो सामाग्री असार २६, २०७८   मा प्रकाशित भएकोमा पुन: प्रकाशित गरिएको हो । 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा
सम्बन्धित सामग्री
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था नेपाली कांग्रेसको १५औं महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ। महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औं महाधिवे... आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छ... आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा बदलिएको राजनीतिक परिवेश र दलभित्रकै अन्तरविरोधबिच नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ। महाधिवेशनमार्फ... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्