बन्नुछ मलाई चरा
छाम्नुछ पहाडको उचाई
नाप्नुछ खोँचको गहिराई
निर्वस्त्र उडेर, स्वतन्त्र फिरेर
गाउनुछ संसारको गीत
हुनुछैन मलाई
कुनै देशको दास
बस्नुछैन मलाई
कुनै दासको देशमा
मलाई त केवल बन्नुछ चरा
उड्नुछ क्षितिजमा
जहाँ पुगेपछि,
म भेट्ने छु अर्को संसार
र गाउनेछु संसारको गीत
000
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।