काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा तेस्रो जित हात पारेको छ।
सोमबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई डकवर्थ लेविस (डिएल) मेथोडको आधारमा ४ रनले पराजित गरेको हो। टस हारेर होबर्टले पहिले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।
पछि ११ ओभरमा खेल छोट्याइदा मेलबर्नले ८० रनको लक्ष्य पायो। ११ ओभरमा ८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले ७.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाउँदा पानी परेपछि फेरि खेल स्थगित भएको थियो। त्यसपछि खेल सुचारु हुने छाटकाँट नभएपछि डिएल मेथोडमा मेलबर्नले होबर्टलाई ४ रनले पराजित गरेको हो।
यसअघि तेस्रो खेलमा मेलबर्न एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरले पराजित भएको थियो। तर मेलबर्नले यसअघि होबर्ट हुरिकेन्सलाई नै ५२ रनले पराजित गरेको थियो। त्यस्तै, ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।