काठमाडौं- मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
सोमबार ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मछिन्द्रले न्यु रोड टिम (एनआरटी) क्बलाई १–० गोलअन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा सोमिडे अडेलजाले गोल गरे।
एनआरटी खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा हार ब्यहोरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एनआरटीले खेलको ९०औं मिनेटमा गोल खान पुग्यो। सुजल श्रेष्ठले दिएको क्रस पासमा उत्कृष्ट हेडर गोल गर्दै सोमिडे अडेलजाले मछिन्द्रलाई जित दिलाए।
जितसँगै मछिन्द्रले ४ खेलबाट ३ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ९ अंक बनाएको छ। पराजित एनआरटीको भने ४ खेलबाट ४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।