नयाँदिल्ली- पछिल्ला केही दिनदेखि चिसाेका कारण उत्तर भारतकाे जनजीवन प्रभावित भएकाे छ।
सोमबार भिजिबिलिटी शून्यमा पुगेकाे छ। जसका कारण रेल सेवा र हवाई सेवा प्रभावित भएकाे छ। दिल्ली-एनसीआरमा भिजिबिलिटी शून्यमा रहेकाे भातीय सञ्चार माध्यमहरुले जनाएका छन्। राजधानी दिल्लीमा साेमबार बिहानकाे तापक्रम २.६ डिग्री सेल्सियस रहेकाे थियाे।

अत्यधिक कुहिरोका कारण, दिल्लीसहित उत्तर भारतमा यातायात सेवा प्रभावित भएकाे छ। दिल्ली एयरपोर्टमा तीनवटा उडानहरू डाइभर्ट गरिएको छ। स्पाइसजेट, इंडिगोले ट्वीट गरेर यात्रुलाई सम्पर्कमा रहन अपील गरेको छ।

.JPG)
उडानका साथै रेल सेवा पनि प्रभावित बनेकाे छ। उत्तरी रेलवेले सोमबार बिहान कुहिराेका कारण ३० भन्दा बढी रेल ढिला चालु भएकाे जनाएकाे छ। उत्तरी रेलवे क्षेत्रमा कम भिजिबिलिटीका कारण रेल सेवा ढिलाे भएकाे हाे।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।