काठमाडौं- न्युजिल्यान्डसँगको दोस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियाले फराकिलो जित हात पारेको छ।
आइतबार सम्पन्न भएको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २४७ रनले पराजित गरेको हो। ४८८ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पारी थालेको न्युजिल्यान्डले २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
न्युजिल्यान्डका लागि टोम ब्लुन्डलले १२१ रन बनाएपनि अन्य खेलाडीले उच्च रन बनाउन सकेनन्। अष्ट्रेलियाका लागि नाथन लियोनले ४ र जेम्स पटिनसनले ३ विकेट लिए।
अघि आफ्नो पहिलो पारीमा न्युजिल्यान्डले १४८ रन मात्रै बनाएका थिए।
यता, टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ४६७ रन बनाएको थियो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ११४ रन बनाएका थिए। त्यस्तै, स्टेभन स्मिथले ८५ कप्तान टिम पाइनले ७९ रन बनाएका थिए।
त्यस्तै, अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १६८ रन बनाउँदा आफ्नो दोस्रो पारी समाप्तिको घोषणा गरेपछि न्युजिल्यान्डले ४८८ रनको विशाल लक्ष्य पाएको थियो।
योसँगै अष्ट्रेलियाले ३ खेलको टेष्ट क्रिकेट सिरिज १ खेल अघि नै २–० ले जित्दै शृंखला आफ्नो पक्षमा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।