काठमाडौं– क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को अध्यक्षमा पूर्व क्रिकेट खेलाडी डा मनिषराज पाण्डे निर्वाचित भएका छन्।
सिप्यानको आइतबार भएको साधारणसभाले पाण्डेको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा राजु खड्का र सीता रानामगर चुनिएका छन्। पारस खड्का महासचिव चयन हुँदा राजु बस्न्यात सचिवमा निर्वाचित भए। पृथु बाँस्कोट कोषाध्यक्ष तथा बसन्त शाही, दीपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी सदस्य चुनिए।
अघिल्लो कार्यकालमा पवन अग्रवाल अध्यक्ष थिए।
सिप्यानले नेपाली क्रिकेट टिमलाई एकदिवसीय मान्यता पाएकोमा बधाई दिएको छ। साथै नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा रहेको तथा आइसिसीले समाधानका लागि गरेको प्रयास बारे जानकार रहेको सिप्यानको भनाइ छ।
साथै सिप्यानले विवाद समाधानको प्रगति हुन नसक्दा निरास भएको जनाएको छ। साथै एदिवसीय मान्यता जोगाउन विवाद अन्त्य गर्न सिप्यानको माग छ। विवाद अन्त्यका आफ्नो भूमिका बढाउने पनि उनसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।