लापाज– बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदीहरुबीच भएको झडपमा ४ जना बन्दीको मृत्यु भएको छ। झडपमा परी अन्य १० जना घाइते भएका छन्।
बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको बताइएको छ।
यस घटनामा परी ४ प्रहरी अधिकारी र ६ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन्। सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।