• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्काउटको जग्गा कांग्रेस नेता खड्काको ‘कब्जा’मा, ३ रोपनी भाडामा लिएर साढे ५ रोपनीमा भवन

११ रोपनी उपभोग, भाडा मासिक जम्मा १ लाख २१ हजार मात्र
64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  १९:५८
1140x725

काठमाडौं- राजधानीको लैनचौरस्थित नेपाल स्काउटको ११ रोपनी जग्गा पूर्व राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्काले ‘कब्जा’ गरेका छन्। 

३ रोपनी जग्गा भाडामा लिएर नेता खड्काको कम्पनी ‘खड्का डेभलपमेन्ट प्रालि’ले स्काउटको झन्डै ११ रोपनी जग्गा ‘कब्जा’मा लिएको पाइएको छ।

स्काउटसँग खड्का डेभलपमेन्ट प्रालिले ३ रोपनी जग्गाका लागि गरेको १० वर्षको सम्झौतासमेत गत साउन मसान्तबाट सकिएको छ। 

सम्झौता सकिएपछि स्काउटले पटकपटक उक्त स्थान खाली गर्न पत्राचार गरे पनि खड्काको कम्पनीले अटेर गर्दै आइरहेको छ। साउन मसान्तमा नै सम्झौता अवधिक सकिएको भन्दै स्काउटले गत भदौ २४ गते खड्का ल्यान्ड डेभलपमेन्टलाई एक महिनाभित्र उक्त स्थान खाली गर्न पत्र पठाएको थियो। तर खड्काको कम्पनीले हालसम्म सो जग्गा खाली गराएको छैन।

सम्झौता सकिएपछि स्काउटले उक्त कम्पनीसँग भाडा लिन समेत छाडेको छ। तर, ३ रोपनी जग्गा भाडामा लिएको कम्पनीले स्काउटको उक्त क्षेत्रको खाली चौर तथा पार्किङसमेत गरी झन्डै ११ रोपनी जग्गा उपभोग गर्दै आइरहेको छ।

३ रोपनी भाडामा लिएर ५ रोपनी ९ आनामा व्यापारिक भवन, ११ रोपनी उपभोग
नेता खड्काको कम्पनीले २०६६ भदौ १ गतेदेखि भाडा लागू हुने गरी स्काउटसँग १० वर्षका लागि सम्झौता गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

तर सो सम्झौतामा ३ रोपनी जग्गा मात्रा भाडामा लिएको उल्लेख छ। तर, कम्पनीले सम्झौताविपरीत उक्त क्षेत्रको ५ रोपनी ९ आनामा व्यापारिक भवन बनाएर व्यापारसमेत गरिरहेको छ। कम्पनीले ५ रोपनी ९ आनामा बनाएको भवनमा ‘लैनचौर बैंक्वेट’ नामक पार्टी प्यालेस सञ्चालनमा ल्याएको छ। 

यस्तै, कम्पनीले सम्झौताभन्दा बाहिर गएर स्काउटको जग्गामा अर्को भवनसमेत बनाएको छ। उक्त भवनमा 'माइ च्वाइस रेष्टुरेन्ट एन्ड बार' सञ्चालनमा गरिरहेको छ। स्काउटले पार्किङका लागि भन्दै दिएको एक रोपनी जग्गामा खड्काले सम्झौता विपरीत गएर भवन बनाएका हुन्। र, सोही भवनमा रेष्टुरेन्ट चलाइएको हो।

पार्किङका लागि दिएको जग्गामा भवन बनाएपछि कम्पनीले सोही क्षेत्रमा रहेको थप ६ रोपनी जग्गालाई पनि आफूअनुकुल पार्किङका रुपमा उपभोग गर्दै आइरहेको छ। स्काउटको उक्त जग्गाको पार्किङको शुल्कसमेत कम्पनीले नै उठाउँदै आइरहेको छ। 

नेता खड्काको कम्पनीले विभिन्न बहानामा स्काउटको सम्पत्ति कब्जा गरेको स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी बताउँछन्। ‘विगतमा उहाँहरुले के-कसरी र कसको मिलेमतोमा स्काउटको सम्पत्ति उपभोग गर्न पाउनुभयो, त्यो छानबिन होला तर, अब हामी हाम्रो सम्पत्ति दुरुपयोग हुन दिँदैनौ,’ उनले भने, ‘यसका लागि हामीले आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेका छौं।’ 

प्रमुख आयुक्त भण्डारीका अनुसार स्काउटको जग्गामा केही समयअघिसम्म खड्काले आफ्नो दलको पार्टी कार्यालयसमेत बनाएका थिए। उक्त स्थानमा नेता खड्काले दलको झन्डासमेत राखेर कार्यालय चलाएका थिए। ‘सरकारी कार्यालयको दुरुपयोग गर्दै उहाँले झन्डा फहराउँदै पार्टी कार्यालय नै चलाउनु भएको रहेछ,’ उनले भने, ‘हामीले त्यस कार्यलाई रोक्न सफल भयौं। अब सम्झौताविपरीत भएका काममा पनि हामी सफल हुनेछौं।’

स्काउटका निर्देशक रामप्रसाद भट्टराई पनि कम्पनीले स्काउटको जग्गा विभिन्न बहानामा कब्जा नै गरेको बताउँछन्। ‘तीन रोपनीको सम्झौता गरेर ५ रोपनी ९ आनामा भवन बनाउनु भनेको एक हिसाबले कब्जा गरेको नै हो,’ उनले भने, ‘उहाँको कम्पनीको सम्झौता सकिएकाले हामी यसलाई खाली गर्ने काममा जुटेका छौं।’

मन्त्रालयको छानबिनले पनि देखायो कम्पनीको बदमासी
स्काउटको जग्गा कांग्रेस नेताले कब्जा गरेको विषयको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। त्यसपछि आयोगले स्काउटको सम्बन्धित मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयमा उजुरीसहितको पत्र २०७४ को चैत ९ गते पठाएको थियो। उक्त पत्रपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा सम्झौता नगरेको स्थानमा पनि संरचना निर्माण गरिएकाले तत्काल त्यस्ता संरचना हटाउने र खड्का ल्यान्ड डेभलपमेन्टलाई सम्झौताअनुसारको मात्र जग्गा उपलब्ध गराउने उल्लेख छ। 

सोही प्रतिवेदनका आधारमा मन्त्रालयले ०७५ पुस १९ गते स्काउटलाई अवैध संरचना हटाउन र सम्झौताअनुसारको मात्र जग्गा खड्काको कम्पनीलाई उपलब्ध गराउन निर्देशन दिएको थियो।

यसका साथै सम्झौता नै नगरी अनाधिकृत व्यक्ति वा संस्थाले स्काउटको स्वामित्वमा रहेको जग्गा कब्जा गरी संरचना बनाउँदा समेत कारबाही नगर्ने स्काउटका पदाधिकारीलाई समेत कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयको उक्त निर्णयपछि स्काउटले खड्काको कम्पनीलाई सम्झौताअनुसारको जग्गा मात्र उपभोग गर्न र बाँकी क्षेत्र खाली गर्न पत्राचार गरेको छ।  तर, खड्काको कम्पनीले उक्त निर्णय कार्यान्वयनमा ल्याएको छैन। 

भाडा जम्मा १ लाख २१ हजार
तीन रोपनी भाडामा लिएर झन्डै ११ रोपनी जग्गा उपभोग गर्दै आएको खड्काको कम्पनीले मासिक भाडा १ लाख २१ हजार बुझाउने गरी ०६६ भदौमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार उक्त भाडा प्रत्येक ३ वर्ष पुगेपछि ५ प्रतिशत वृद्धि हुन्छ। सोही अनुसार स्काउटले ३ वर्ष पुगेपछि उक्त भाडामा ५ प्रतिशत थप गरेर लिँदै आएको छ। तर, भदौयता सम्झौता सकिएको भन्दै स्काउटले रकम लिएको छैन भने खड्काको कम्पनीले उक्त स्थान खाली गरेको छैन।

अदालतमा मुद्दा
स्काउटका वर्तमान पदाधिकारीले मन्त्रालयले ०७५ पुसमा गरेको निर्णयअनुसार ३ रोपनी जग्गा मात्र उपभोग गर्न भन्दै पटकपटक पत्र पठाएपछि खड्काको कम्पनीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

खड्काको कम्पनीले आफूहरूसँग अझै ५ वर्ष सम्झौता अवधि बाँकी रहेको र जग्गा भाडामा दिएपछि पार्किङ उपलब्ध गराउनु पर्ने विवरणसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको हो। 

कम्पनीले मुद्दा दायर गरेपछि ०६८ साउन २१ गते स्काउट पदाधिकारीको बैठकले खड्काको कम्पनीलाई सम्झौता भएको मितिदेखि १५ वर्षसम्म उक्त तीन रोपनी जग्गा भाडामा दिने विवरण माइन्युटमा लेखेको विषय बाहिर आएको छ। 

कम्पनीसँग स्काउटले ०६६ भदौदेखि लागू हुने गरी गरेको २० बुँदे सम्झौतापत्रको बुँदा नम्बर ६ मा जग्गाको करार अवधि १० वर्षको हुने उल्लेख छ। तर, त्यसको तीन वर्षपछि स्काउटका तत्कालीन प्रमुख आयुक्त श्रीराम लामिछानेको अध्यक्षतामा बसेको बैठकले सम्झौता अवधि ७ वर्ष बाँकी छँदै ५ वर्ष समय थप गर्ने माइन्युटमा लेखेको भेटिएको छ। माइन्युटमा उक्त कुरा थप गर्ने समयमा खड्का र तत्कालीन पदाधिकारीबीच ठूलै चलखेल भएको हुन सक्ने आशंका स्काउटका हालका पदाधिकारीले गरेका छन्। एकैदिन गरिएको माइन्युटमा दुईथरी अक्षर (हेन्डराइटिङ) भएका कारण हालका स्काउट पदाधिकारीले चलखेल गरेको शंका गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले सोही माइन्युटका आधारमा खड्काको कम्पनीलाई थप ५ वर्ष तीन रोपनी जग्गा उपभोग गर्न मिल्ने आदेश दिएको छ। तर जिल्लाको सो आदेश चित्तबुझ्दो नभएको भन्दै स्काउटले पुनरावेदन अदालतमा जाने तयारी गरेको छ। जिल्ला अदालतको उक्त आदेशअनुसार पनि खड्काको कम्पनीले तीन रोपनी जग्गा मात्र उपभोग गर्न पाउँछ। तर, खड्काले अहिले पनि सोभन्दा ८ रोपनी बढी जग्गा उपभोग गर्दै आइरहेका छन्।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी
सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, जेठ १३, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्