complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अन्योलमा परेको एन्फा निर्वाचन तोकेकै मितिमा गर्न फिफाको निर्देशन, निर्णय एन्फाको हातमा

64x64
नेपाल लाइभ शुक्रबार, चैत ९, २०७४  १४:५५
1140x725

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको निर्वाचन तोकिएकै मितिमा गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले निर्देशन दिएको छ। 

उच्च अदालत पाटनले बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न  आदेश दिएको भोलिपल्ट फिफा र एएफसीले पत्र पठाउँदै तोकिएकै मितिमा निर्वाचन गर्न निर्देशन दिएको एन्फा स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो। आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै उनीहरुले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश वनको इजलासले अर्को सुनुवाइ नभएसम्म निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको हो। 

तर, फुटबल हेर्ने अन्तर्राष्ट्रिय निकाय फिफाले भने तोकिएकै मितिमा निर्वाचन गर्न भनेको हो। यसअघि एन्फाको निर्वाचन ३ पटक सरेकोमा समेत फिफा रुष्ट थियो। फिफाले यसअघि निर्वाचन सार्दा समेत निलम्वन गर्न सक्ने भन्दै चेतावनीसहितको पत्र पठाएको थियो। अब पनि निर्वाचन तोकिएको मितिमा हुन नसके कठोर निर्णय लिनसक्ने भन्दै फिफाले यसअघिकै पत्रमा संकेत गरेको थियो। 

एन्फाका कानुनी सल्लाहकार सुजित केसीका अनुसार अब तीन वटा अवस्थामा एन्फाको चुनाव तोकिएकै मितिमा हुन सक्ने बताए। 'दुई वटा जिल्लाले मुद्दा हालेको अवस्थामा तीन वटा स्थितिमा मात्र निर्वाचन हुन सक्छ,' केसीले भने, 'मुद्दा हाल्नेहरुसँग मिलापत्र भएमा, मुद्दा फिर्ता भएमा वा मुद्दाको टुंगो लागेमा मात्र निर्वाचन हुन सक्छ। मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकाले अब मुद्दा फिर्ता भएमा वा मिलापत्र भएमा निर्वाचन हुन सक्छ। अदालतको आदेश विपरीत जान मिल्दैन।' 

एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले पनि निर्वाचन गराउन एन्फा प्रतिबद्ध रहेको बताएका छन्। उनले कानुनी अड्चन नआउने गरी एन्फाको निर्वाचन केहि दिन पर सारेर भए पनि गर्ने बताए। 'हामी अदालतको आदेश विपरीत जान सक्दैनौं। तर, हाम्रो उद्देश्य एन्फाको निर्वाचन जसरी भए पनि गराउने हो,' श्रेष्ठले फिफाले निर्वाचन गराउन निर्देशनात्मक पत्र पठाएको पुष्टि गर्दै भने, 'केही दिन पर सारेर भए पनि निर्वाचन गर्छौं।' 

अब निर्वाचन गर्ने विषयमा एन्फा नेतृत्व निर्णायक देखिएको छ। एन्फाले निर्वाचनमा भाग लिन पाउने माग गरेका दुवै जिल्लालाई मिलाएर अघि बढ्न सक्ने स्थिति रहेको एन्फामा विगत १० वर्षदेखि उच्च पदमा रहेर काम गरेका एक अधिकारीले बताए। 'निर्वाचन गराउन चाहेमा एन्फाले दुवै जिल्लाका साथीहरुलाई मिलाउन सक्छ,' उनले भने, 'बल एन्फाको कोर्टमा छ। सही निर्णय गरेर नेपाली फुटबललाई बचाउन एन्फा नेतृत्वले अघि सर्नुपर्छ।' 

गणेश थापाको अन्तिम अस्त्र 

Ncell 2
Ncell 2
nimb
nimb

'एन्फा निर्वाचनमा भाग लिन पाऊँ' भन्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटको पक्षमा बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका थिए। बिहीबार एन्फाको विपक्षमा बहस गरेका थापाले यसअघि एन्फाको पक्षमा बहस गरेका थिए। थापालाई फिफाबाट प्रतिबन्धमा परेका गणेश थापाले प्रयोग गरेर एन्फा निर्वाचन प्रभावित पार्न खोजेको विपक्षीको आरोप छ। 

'यसअघि एन्फाको पक्षमा लडेका कानुन व्यवसायी थापा अहिले एन्फाको विपक्षमा लडेका छन्। यसबाट पनि शंका गर्ने ठाउँ प्रसस्त देखिन्छ,' एन्फा स्रोतले भन्यो, 'मुख खोलेरै भन्नुपर्दा, गणेश थापाको समर्थन पाएका अध्यक्षका प्रत्यासी मणि कुँवरले चुनाव हार्ने अवस्था देखेपछि थापाले अन्तिम अस्त्रका रुपमा मुद्दा दायर गर्न लगाएका हुन् भन्ने शंका गर्ने ठाउँ छ।' 

यसअघि अध्यक्षका प्रत्याशी कर्माछिरिङ शेर्पाले नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा आफ्नो पक्षमा माहौल बढेकाले विपक्षीले चुनाव भाँड्न मुद्दा दायर गर्न सक्ने संकेत पाएको खुलासा गरेका थिए। 

एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष कुँवर र पूर्व उपाध्यक्ष शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ। कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ। शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शेर्पा नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका व्यक्ति हुन्। उनैले चलाएको 'सेभ नेपाली फुटबल' अभियानमार्फत एन्फामा दुई दशक नेतृत्व गरेका गणेश थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई फिफाबाट १० वर्ष फुटबल प्रतिबन्धमा परेका थिए। शेर्पाकै उजुरीमा तत्कालीन संसद्‌को लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गरेपछि शेर्पाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। तर, अख्तियारले मुद्दालाई तामेलीमा राखिएदिएको थियो। यही आन्दोलनकै कारण नेपाली फुटबल थापा र शेर्पाको दुई ध्रुवमा बाँडिएको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्